२ श्रावण २०८३, शनिबार

 

बागलुङमा बाहिनीपति ट्रफी खेलकुद शुरु

बागलुङ । श्री नं. २३ बाहिनी अड्डा बागलुङले आयोजनामा सोमवारबाट ‘बाहिनीपति ट्रफी प्रतियोगिता २०८३ सुरू भएको छ । नेपाली सेनाको २३ नं बाहिनी अन्तर्गतका गण तथा गुल्महरु सहभागि हुने गरी ‘बाहिनीपति ट्रफी प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र निमित्त बाहिनीपति महासेनानी जयराम बानियाले उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ र एथलेटिक्स गरी ८ विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा श्री नं ३२ बाहिनी अड्डा, कालिजंग गण बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख गुल्म म्याग्दी र नयाँ रणभिम गुल्म पर्वतका खेलाडीको सहभागिता रहेको सेनानी श्याम बहादुर विकले जानकारी दिनु भयो ।

यो प्रतियोगितामा उत्कृष्ठ छनौट भएका टिम तथा खेलाडीलाई पृतनापति ट्रफि प्रतियोगितामा पठाइने छ । पृतनापति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुने टिम र खेलाडीले प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिनेछन् ।

३१ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि चार जिल्लाका २ सय ७० जना खेलाडी जम्मा भएका छन् ।

खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासनमा राख्ने, स्वच्छ प्रतिष्पर्धा गरेर राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने काममा प्रतियोगितालाई अवसरको रुपमा लिएको निमित्त बाहिनीपति महासेनानी जयराम बानियाले बताउनस भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung