३ श्रावण २०८३, आईतवार

 

बलेवामा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते

बागलुङ । बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१३ बलेवा सातबिसेमा शुक्रबार दिउसो दुई बजे अटोरिक्सा दुर्घटना भएको हो ।

सातबिसेदेखि पानीट्याङ्कीतर्फ जाँदै गरेको ग.प्र. ०२००१ ह ०११९ नं. को अटोरिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ४० वर्षीय दिपेन्द्र पाण्डे सोही ठाउँकी ६५ की दिर्पा पाठक र ७२ वर्षीया डम्बर कुमारी रेग्मी घाइते भएका हुन् ।

घाइते मध्ये पाठक र रेग्मीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्ष तिलक भारतीले जानकारी दिनुभयो । घाइतेहरुको टाउको अनुहार लगायत शरीरको विभिन्न अंगका गम्भीर चोट लागेको उहाँको भनाई छ

तीव्र गतिकका कारण नियन्त्रण गुमाई सडकको बाँया नालीमा पल्टिएको भारतीले जानकारी दिनुभयो । घाइते सबैलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung