२४ जेष्ठ २०८३, आईतवार

 

ध्वनी प्रदूषण गर्ने र स्वरुप परिवर्तन गर्ने मोटरसाईकल प्रहरीको फन्दामा

बागलुङ । बागलुङ प्रहरीले चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गर्ने मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा ल्याइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्ला प्रहरी कार्यालयको सहयोगमा १० वटा बुलेट, क्रस फाईय जस्ता मोटसाईकल नियन्त्रणमा ल्याएर कारबाही गरेको छ ।

बागलुङ बजारमा यस्ता मोटरसाईकलको चर्को गुनासो आएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियानै चलाएको छ ।

अभियान अन्तर्गत दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिस्ठ नायव निरीक्षक मीनबहादुर कुँवरले बताउनुभयो ।

मोटरसाईकलको साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका उपकरण तथा समामाग्रीलाई परिवर्तन गरेर चलाएको पाइएकाले कार्वाही गरिएको बताउनुभयो ।

पटक–पटक कार्वाही गरेकाले अहिले यातायात कार्यालय पठाइएको उहाँको भनाई छ ।

कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्ड अनुरूप राख्न समेत लगाइएको छ । चर्को आवाजमा रातीको समयमा मोटरसाईकल चलाउने अभिकांश युवाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung