११ असार २०८३, बिहीबार

 

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

बागलुङ। कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल काठमाडौंबीच सम्झौता भएको छ।

कुमारी बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकहरूलाई १० प्रतिशतसम्म विशेष छुट प्रदान गरिने छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग इकाईमार्फत ग्राहक वर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै, बैंकद्वारा मेदांता, इन्द्रप्रस्थ एपोलोलगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न गरिएका छन्।

जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ।

बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै बैंकले आगामी दिनमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung