१ श्रावण २०८३, शुक्रबार

 

सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ

बागलुङ । सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षदेखि पछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिएपनि २१ वर्षदेखि फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

पर्वत जिल्ला अदालतको मिति २०५३ असोज २० गतेको फैसलाअनुसार ५ महिना ७ दिन कैद सजाय तोकिएका बागलुङ नगरपालिका–९ कमलढाँडा निवासी राजु थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ मातहत नगर प्रहरी कार्यालयको टोलीले उनलाई बुधबार बिहान करिब ८ बजे आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापालाई फैसलाको कार्यान्वयनका लागि बागलुङ जिल्ला अदालतमार्फत कारागार कार्यालय बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung