१२ श्रावण २०८३, मंगलवार

 

नारायणी अस्पताल घटनाको विरोधमा धौलागिरि अस्पतालले बन्द गर्‍यो ओपीडी सेवा, सयौं बिरामी प्रभावित

बागलुङ। नेपाल चिकित्सक सङ्घको आह्वानमा धौलागिरि प्रादेशिक अस्पतालले मंगलबार बहिरङ्ग (ओपीडी) सेवा बन्द गरेको छ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा ओपीडी सेवा बन्द गरिएको धौलागिरि प्रादेशिक अस्पतालकी सूचना अधिकारी शान्ती पौडेलले जानकारी दिइन्।

गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उपचारमा संलग्न मेडिकल अफिसर डा। प्रमोद राममाथि आक्रमण भएको थियो।

उक्त घटनामा डा. राम गम्भीर घाइते भएपछि दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै नेपाल चिकित्सक सङ्घले देशव्यापी आन्दोलन सुरु गरेको हो।

आन्दोलनका कारण धौलागिरि प्रादेशिक अस्पतालको ओपीडी सेवा बन्द हुँदा सयौं बिरामी नियमित स्वास्थ्य उपचारबाट वञ्चित भएका छन्। अस्पतालले भने आकस्मिक ९इमर्जेन्सी० सेवा यथावत् सञ्चालनमा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung