बागलुङ। एनएमबी बैंकले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई लक्षित गर्दै पुराना ९सेकेन्ड ह्यान्ड० चार पाङ्ग्रे विद्युतीय सवारी ९ईभी० खरिदका लागि ऋण सुविधा सुरु गरेको छ।
दिगो वित्तीय सेवा र हरित बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउने उद्देश्यले बैंकले यो योजना सार्वजनिक गरेको हो।
बैंकका अनुसार यस योजनामार्फत सर्वसाधारण तथा व्यवसायिक संस्थाले आफ्ना व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना विद्युतीय सवारी खरिद गर्न सहज रूपमा कर्जा प्राप्त गर्न सक्ने छन्।
बैंकले कर्जा प्रक्रिया छिटो, सरल र ग्राहकमैत्री बनाइएको जनाएको छ। इच्छुक ग्राहकले देशभर रहेका एनएमबी बैंकका शाखा कार्यालयहरू वा बैंकका डिजिटल माध्यममार्फत ऋणका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
एनएमबी बैंकले हरित वित्तीय सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको दाबी गरेको छ। हाल बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।













































































































































































































