बागलुङ । भोटेकोशीमा आएको बाढीमा बागलुङबाट जलविद्युत आयोजनाको काममा खटिएका नौ जना सम्पर्क विहीन भएका छन् ।
रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
माथिल्लो त्रिशुली जलविद्युत् आयोजना ९अपर त्रिशुली हाइड्रोपावर २१६ मे.वा., ड्यामसाइड हाकुवेशी० तथा सोही क्षेत्र आसपासमा कार्यरत उनीहरू बाढीपछि सम्पर्कविहीन भएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीपछि तमानखोला गाउँपालिका–१, हिजाका ३७ वर्षका पदम बहादुर घर्ती मगर, सोही स्थानका ३२ वर्षका इन्द्र कुमार वि।क, तमानखोला गाउँपालिका–१, रिक्लाङ्ग निवासी २२ वर्षका विष्णु घर्ती मगर, तमानखोला गाउँपालिका–२, बोङ्गाखानीका ३७ वर्षका भिम बहादुर छन्त्याल सोही स्थानका वर्ष ५० का खड्क छन्त्याल, तमानखोला गाउँपालिका–३, तमानका २२ वर्षका संजय शेर्पाली, सोही स्थनाका ५० वर्षका दल प्रसाद बुढा, तमानखोला गाउँपालिका–४, लाममेलाका ५८ वर्षका लाता कामी र सोही स्थानका वर्ष ४७ का भीम बहादुर विक सम्पर्क बिहिन हुनुभएको छ ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार अहिले सम्म तमानखोलाबाट नौ जना सम्पर्क बिहिन भएको जानकारी आएको र अन्य पालिकाबाट समे विभिन्न काम तथा भ्रमणमा गएको आशंका गरिएको बताउनुभयो ।
















































































































































































