२ जेष्ठ २०८१, बुधबार

 

फुरुङ्ग मन तिम्रो प्रेम–पत्र पढ्दा खेरी

- राजेन्द्र ढकाल

#मुक्तक
फुरुङ्ग मन तिम्रो प्रेम–पत्र पढ्दा खेरी,
जिन्दगीको उमेर सोह्र–सत्र पढ्दा खेरी,
युद्ध नै जिते जस्तो लग्थ्यो त्यतीबेला,
शिर देखि पाउ तिम्रो सर्वत्र पढ्दा खेरी ।

#मुक्तक
आउ म तिमिलाई पनि गायिका बनाईदिन्छु,
हरेक अभिनय गर्न सक्ने लायिका बनाईदिन्छु,
एक रात बिताउनु पर्छ म सँग अंग परीक्षण गर्न,
छोटो समयमा नै उकृष्ठ नायिका बनाईदिन्छु ।

#मुक्तक
जहाँ कथित प्रेमी भयङ्कर हरामी हुन्छ,
चोखो माया गर्ने चखेवा जखामी हुन्छ,
तिमि भन्छ्यौ किन प्रत्येक रातले तर्साउँछ,
यहाँ छ दिउसै पनि जवानी लिलामी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्