आज पानी दिबस
जल स्रोतको धनी
देश हाम्रो नेपाल
खोला नाला भरी
छ्याल ब्याल पानी
तर एक गाग्रो पानी
भर्न दिनभरी लाइन
बस्नु पर्ने बाध्यता छ
आज पानी दिबस
कति अचम्मको देश
मेलम्चीमा पानी छ
काठमाडौमा काकाकुल
अहिले पनि पानी कै हाहाकार
बिहान उठे देखि नसुत्दा सम्म
पानी खोज्न कै पिर हगि
मान्छेको आधा जीवन
पानी खोज्न र भर्न ठिक्क
जल स्रोतको धनी देशमा
आज पानी दिबस
प्रत्येक नेपालीको घरमा
पानी नआए पनि धारा छ
धारामा पानी नआए पनि
प्रत्येक महिना महशुल
तिर्नुपर्ने बाध्यता छ
आज पानी दिबस
आज पानी दिबस
देशमा सरकार छ तर
पानी खुवाउने सरोकार छैन
पानी मुहान मै अबरोध छ
जनता टुलुटुलु हेर्न बाध्य छन्
आज पानी दिबस













































































































































































































