३ श्रावण २०८३, आईतवार

 

जाने बेला के–के दियौ, अझै होसमा आको छैन ‘

ए प्रदेशी नतोडिने पासो छोडेर जाऊ,

तिम्रो अभाब नमेटिने हाँसो छोडेर जाऊ,
जवानीको घृणा गरी डाहा गर्लान जोरीपारी,
जाने बेला अलिकती नासो छोडेर जाऊ ।

हिजो देश भित्रको मधेसले शहिद बनायो,
आज सीमानामा प्रदेशले शहिद बनायो,
आखिर ज्यान गुमाउने त नेपालीले नै हो,
कहिले माओवादी, एमाले त कहिले कांग्रेसले शहिद बनायो ।

छुट्ने बेला तप्प आँशु चुहाएर गयौ,
त्यही आँशुले जिन्दगीभर रुवाएर गयौ,
जाने बेला के–के दियौ, अझै होसमा आको छैन,
कि त बेहोसीको प्याला खुवाएर गयौ ।

राजेन्द्र ढकाल,
बागलुङ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung