
मुक्तक १
जे बित्छ बटुवा माथि एकान्त ठाटिमा एक्लै बास बसे पछी
भिड बिच पनि त्यस्तै अनुभुती हुन्छ मान्छे परदेश पसे पछी ।।
के हो पीडा बुझ्नेछौ आँफै, कल्पना मात्रै गर त्यो अवस्था
के होला टेकेको धर्ती भासिए पछी अनी आकाश खसे पछी ।।
मुक्तक २
मनमा बस्ने मान्छेको नै प्रबास बनेछु ।
खास बन्न सकुं थियो, उपहास बनेछु ।।
तिम्रा हर खुशी हेरी रम्न सकुं थियो
तिम्रै कारण आज आँफै उदास बनेछु ।।
हाल जापान