
संगितमा गरेको मेहनतले मैले सफलता हासिल गरेको छु — रसाइली
हाल प्रिज्म रेकर्डिङ स्टुडियोका चर्चित ध्वनि सम्पादक श्याम स्वयत रसाइली सानै उमेरदेखि प्राविधिक कार्यमा चकचके हुनुहुन्थ्यो । बालापनमा नै घरका रेडियो लगायतका ईलेक्ट्रोनिक्स सामग्री खोल्ने, बिगार्ने र बनाउने श्यामको स्वाभाव थियो । एसएलसी पछि दाजु संगीतकार वि.वि. अनुरागी संग पोखरा पढ्न गएका श्यामको चासो र जिज्ञासालाइ बुझेर उनको दाजुले श्यामलाइ ईलेक्ट्रोनिक्स पसलमा काम सिक्न पठाएका थिए । पछि दाजु सँगै काठमाडाको रिमा रेकर्डिङमा काम सिक्न थाले । श्यामको रुची प्राविधिक काममा भएकोले उनले यहिबाट धेरै कुरा सिके । ६१ सालमा कम्प्युटरबाट प्राविधिक काम सिक्न थालेका गित रेकर्डिङ देखि मिक्सिङ गर्न पनि थाले ।
उतिबेला मिक्सिङ गरेका गितहरुमा लोक दोहोरी गीत डोरी फुर्काले निकै सफल भएको अनुभव सुनाएका श्यामलाइ व्यावसायिक मिक्सिङसंगै ध्वनि सम्बन्धि औपचारिक शिक्षाले झनै महत्वपूर्ण ध्वनि विज्ञ बनायो । सांगेतिक कार्यक्रमका शिलशिलामा अमेरिका पुगेर आफ्नो प्रस्तुति समेत दिएका श्याम गायक ,ऐरेन्जर र संगितकारका रुपमा चर्चित छन । आधुनिक गितमा रेडियो नेपालबाट स्वर परिक्षा समेत पास गरेका छन ।
अहिले नेपालमा चल्ने म्युजिकका सफ्वेयरहरु र विश्वभर चल्ने सफट्वेयर एउटै हुन् तर विदेशमा धैरे मेहनत गरेकोले राम्रो म्युजिक बन्छ तर नेपालमा बजेटका कारणले पनि प्रभाव पार्छ उनले भने । आफुले सबैका गितमा मेहनत गर्ने गरेकै कारण अहिले अन्य कुरामा ध्यान दिन नपाएको श्यामको सुर्के थैली खोई र पुर्व पश्चिम रेल निकै लोक प्रिय छन् । श्यामले ध्वनि सम्पादनमा विभिन्न सम्मान प्राप्त गरेका छन ।