३ श्रावण २०८३, आईतवार

 

निमित्त कार्यकारी अधिकृत भुर्तेललार्इ जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ

बागलुङ :  जिल्लाकाे तमानखाेला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत कमलप्रसाद भुर्तेललाई एक स्थानीय युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। साबिकको बाेङ्गादोभान गाविसका सचिव समेत रहेका भुर्तेलले गए राती करिब ८ बजेको समयमा जबर्जस्ती करणी गरेको आरोप पक्राउ गरेकाे हाे । भुर्तेलको कोठामा आपत्तिजनक अवस्थामा युवतीलाई भेटेपछि छिमेकीले ती युवतीका परिवारलाई खबर गरेका थिए। त्यसपछि युवतीको परिवारले दिएको मौखिक जानकारीका आधारमा भुर्तेललाई पक्राउ गरिएको हो। घटनाका विषयमा थप अनुसन्धान भैरहेको  ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए। भुर्तेललाई अहिले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung