१ जेष्ठ २०८२, बिहीबार

 

ईश्वर सिहंको गलकोटे पन्चेबाजाको गीत ‘साईली’

नयाॅ वर्ष २०७४ को आगमन सॅगै  सहित गलकोटे पञ्चेबाजामा अाधारित गीत साईली बजारमा आएको छ । गलकोटे प्रतिभा चर्चित लोक तथा दोहोरी गायक ईश्वर सिंह र अमृता नेपालीको सुमधुर आवाजमा सजिएको उक्त गीतको शब्द चन्द्र खत्रीको रहेछ । बागलुङ गलकोट मल्मको एेतिहाॅसिक परम्परागत होली पूर्णिमा मेलामा उक्त गीत गत फागुनमा छायाङकन गरिएको थियो । गाउॅले परिवेश समेटेर तयार गरिएको उक्त गीतमा मौलिक पञ्चेबाजाको गीतमा गायक ईश्वर सिंह र चर्चित मोडल सारिका केसीले अभिनय गरेका छन । गायक सिहंले जिल्लाको पर्यटकीय स्थल घुम्टे लेक र घुम्टे युवा परिवार मल्मको एेतिहाॅसिक परम्परागत  होली पूर्णिमा मेलालाई गीतको भिडियोमा उतारिएको चर्चित निर्देशक प्रकाश भट्टले बताए । गीतमा विवाह पछि सोझो केटालाई फसाएर धोका दिएपछि जारी तिर , दुख पिर भन्ने कुरा कस्तो हुन्छ आफुले भोगेपछि मात्र थाहा हुने विषयलाई कथावस्तु बनाईएको छ । गीत पुर्ण सफलताको लागि हाम्रो पनि शुभकामना ।sahili

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung