विद्यामन्दिर पुस्तकालयको मासिक साहित्य गोष्ठी सोमबार सम्मन्न भएको छ । मासिक साहित्य गोष्ठि कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका बागलुङ शाखाका अध्यक्ष दिश शिरीषले साहित्य सिर्जना आफँैमा शक्ति भएकोले साहित्यकारहरु समाजको महत्वपूर्ण अंग भएकाले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताए ।
साहित्य गोष्ठीमा गजल, मुक्तक, कविता र हाईकु बाचन गरिएको थियो । गोविन्द सुवेदी,कोपिला कडेल, यामा रोका, दिनेश विकल्प,सिर्जना कार्की, तारा प्रसाद शर्मा, दिलेन्द्र सुनार लगायतले रचना बाचन गरेका थिए ।
कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, गुणराज शर्मा गुराँसको स्वागत र साहित्य उपसमिती संयोजक ताराप्रशाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































