कवि एव गीतकार दिनेश अधिकारीले आफ्नो नयाँ कृति भरियाको भूगोलबाट केहि रचना, केहि गीत र आफ्ना केही पुरानो रचनाहरू सुनाएर दर्शकहरूलाई नेपालको गरिवी सिमान्तकृत समुदायको अवस्था, राजनैतिक विचलन, राष्ट्रिय एकताको लागि देशभक्तहरू दायित्व , मानवता ,प्रेम र वैवाहिक जीवनका अन्तरविरोध बारे उजागर गरेका थिए ।

बागलुङ जेसीजले संयोजन गरेको दिनेश अधिकारीसंग १ घण्टामा कवि दिनेश अधिकारीले भरियाको भूगोल लगाएत आफ्नो साहित्यीक यात्रा, आफ्नो मान्यता,
आफ्नो समकालीन साथीहरू र न
याँ सर्जकहरू प्रतिको आफ्नो धारणा , नारायण गोपालसंगको आफ्नो सम्झना , आफ्नो कविता यात्रा , लेखन र गीति लेखन बारे

धारणा राखेका थिए । भरियाको भूगोलको लेखन, सम्पादन ,प्रकाशनदेखि काव्य यात्राको बारेमा आफ्नो लेखकिय अनुभव सुनाएका कवि दिनेश अधिकारीले दर्शक र सर्जकहरूको धेरै जिज्ञासा मेटाउने प्रयत्न गरेका थिए ।
भरियाको भूगोलबाट केहि रचना, सिपाहि, विहे, हर्कबहादुर लगाएतका कविताहरू र दुइटा गीतहरू यो सम्झने मन छ र पाहाडमा जाडो भए रचना सुनाएका थिए ।

नेपालयबाट प्रकाशित ‘भरियाको भूगोल’ कृतिको महत्व समकालीन क विताको क्षेत्रमा कवि दिनेश अधिकारीको सृजनात्मक वैकल्पिकधार ,भरियाको भूगोल कविता यात्रा बारे गायककार आभाषले जानकारी गराएका थिए ।
बागलुङ जेसीजको अध्यक्ष जोन बज्रार्चायको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष मनोज कुमार विकको स्वागत,सहसचिव अमर थापाबाट आस्था पाठ र संचालन सहकोषाध्यक्ष तथा कार्यक्रम संयोजक तारा प्रसाद शर्माले गरेका थिए । भरियाको भूगोलको कविता यात्रा हेटौडा, पर्वत , बागलुङ हुदै विहिबार म्याग्दीको बेनी बजारमा समेत कार्यक्रम रहेको छ ।













































































































































































































