सीएनएनका अनुसार विश्वको पहिलो नम्बरमा रहेको धनाढ्य बिल गेट्सलाई जेफ बेजोसले उछिन्ने भएको छ । फोब्स म्यागजिनले सार्वजनिक गरेको विश्वको धनाढ्यको सूचीमा बिल गेट्स पहिलो नम्बरमा रहदै आएको छ । जेफ बजोसले हालै मात्र बर्कसायर हाथवेको सीईओ वारेन बफेटलाई उछिनेको छ । बेजोसको सम्पत्ति बिल गेट्सको भन्दा ७ अर्ब डलरले मात्र कम छ । बेजोसको सम्पत्ति २ अर्ब डलरले बढेर ८०.५ अर्ब डलर पुगेको छ । हाल बिल गेट्सको सम्पत्ति ८७.२ अर्ब डलर रहेको छ । यो वर्ष फेसबुकको सेयर उकालो लागेपछि मार्क जुकरबर्गको कुल सम्पत्ति ६२ .६ अर्ब डलर पुगेको छ । मार्क जुकरबर्ग विश्वकै पाचौं धनी व्यक्ति भएको छ ।













































































































































































































