३० बैशाख २०८२, मंगलवार

 

बन्दिपुर दुर्घटनाका घाईतेको पोखरा र काठमाण्डौँमा उपचार हुँदै

तनहुँको बन्दिपुर माईक्रोबस दुर्घटनाका घाईतेको विभिन्न तिन अस्पतालमा उपचार भईरहेको छ ।

शुक्रबार विहान साढे ६ बजे बागलुङबाट काठमाण्डौका लागि छुटेको हाईस माईक्रोबस बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख ८८९१ नम्बरको ट्रक सँग दिउसो १ बजे पृथ्वीराजमार्ग अन्तरगत बन्दिपुर–५ धाप भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनाका घाईते माओवादी केन्द्र बागलुङका नेता कृष्ण केसी र राजु थापाको काठमाण्डौको नर्भिक अस्पतालमा उपचार भईरहेको केसीका भाई ईन्द्र केसीले जानकारी दिए । केसीको आँखा भन्दा माथिल्लो भागमा लागेको चोटमा १९ ओटा टाँका लगाईएको छ । उनको अबस्था खतरामुक्त रहेको छ । छातीमा चोट लागेका थापाको अबस्था सामान्य रहेको छ ।

 

माईक्रोका चालक बागलुङका ५० वर्षिय नरबहादुर थापा र उनकी श्रीमती ४५ बर्षिया मनमाया थापाकोे फिस्टेल अस्पतालमा उपचार भैरहेको बागलुङ भगवती यातायात सेवाका महासचिब मनोज खड्काले जानकारी दिए । घाईते माओवादी नेता केसीले फेसबुक स्टाटस लेखि दुखद् दुर्घटनामा आफुले भाग्यवस मृत्युलाई जितेको बताएका छन् । उनले आफ्नो स्वास्थ्यप्रती चासो व्यक्त गर्ने शुभचितक र आफन्तलाई धन्यबाद दिएका छन् ।

दुर्घटनामा ११ जना घाईते भएकोमा अन्यको अबस्था सामान्य रहेको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung