४ श्रावण २०८३, सोमबार

 

नवनिर्वाचित जनप्रतिनिधि स्वागत

लायन्स क्लव अफ बागलुङले नवनिर्वाचित मेयर ,उपमेयर लगाएतका वडा अध्यक्ष र सदस्यहरूलाई स्वागत र सम्मान गरेकाे छ ।

क्लवका अध्यक्ष दुर्गा कुवरले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत गरेका थिए । बागलुङ नगरपालिका मेयर जनक पाैडेलले जन अपेक्षा र चाहाना अनुसार सबै सराेकारवालाहरूसंग सहकार्य गरेर नगरकाे विकासमा लाग्ने बताए । बागलुङ नगरपालिका उपमेयर सुरेन्द्र खड्काले जनताकाे जनप्रतिनिधिहरू प्रति धेरै अाशा र विश्वास रहेकाे छ त्यसलाई कायम राखेर सबै संघ ,संस्था र क्लवहरूसंग मिलेर नगरकाे मुहार फेर्न अाफु लागि पर्ने बताए । लायन्स क्लव अफ बागलुङको अध्यक्ष दुर्गा कुवरकाे अध्यक्षता , प्रथम उपाध्यक्ष युक्त प्रसाद सुवेदीकाे धन्यवाद र संचालन सचिव प्रकाश चालिसेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung