४ श्रावण २०८३, सोमबार

 

नमुना गाउँ बन्दै चालिसे टोल

बागलुङ गलकोट नगरपालिका ८चालिसेटोला महिलाहरू नमूना गाउँ बनाउने अभियानमा लागेका छन।

आफ्नो सरसफाइ आफै गर सभ्य समाज निमार्ण गर भन्ने उदेश्यका साथ ग न पा ८चालिसेटोलाका महिलाहरु नमुना गाउँ बनाउने अभियानमा लागेको जन चेतना आमा समुहकि अध्यक्ष गिता चालिसेले जानकारी दिनुभएको छ।उनिहरुले हप्ताको १ दिन समुह समुह मिलेर गाउँ सफाई गरने महिलाहरू सार्वजनिक स्थान बाटो मठ मन्दिर प्लास्टिक जन्य फोहोर संकलन गर्ने ब्यवस्था गरिएको चालिसेको भनाई रहेको छ। महिलाकै सक्रियतामा चालिसेटोलालाई मदिरा निषेधित क्षेत्र पुर्ण धुवा मुक्त गाउँ र पुर्ण सरसफाइ यक्त गाउँ समेत घोषणा भईसकेको समाजसेबि पुर्णभद्र उपाध्यायले जानकारी दिनुभयो । करिब १०९ घर दुरि भएको चालिसेटोलामा बिकास निर्माण सामाजिक कार्यगोष्ठीमा पनि महिलाहरूको उत्तिकै उपस्थिति रहेको र नमुना गाउँ बनाउन सबै लागिएको भानु प्राथमिक बिद्यालय काडेवासका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल चालिसेले बताउनु भएको  छन् ।नमुना गाउँको अबधारणा सगै पलास्टिक बाटोमा भेटिनै छाडेका छन् ।नमुना गाउँ बनाउने अभियानले यहाँका बालबालिका बिद्यार्थी तथा वृद्धा पनि शिक्षित हुदै आएको चालिसे बताउनुभएको छ।

यस अभियानले सामाजिकआर्थिक बिकास निर्माण मा महत्त्वपूर्ण भुमिमा खेलेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung