
ज्ञानाेदय बुद्ध विहार बागलुङले नव निर्वाचित जनप्रतिनिधिहरूकाे स्वागत गरेकाे छ ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मी बास्काेटा ,उपमेयर सुरेन्द्र खड्का र मेयर जनक पाैडेल अाफुहरूलाई स्वागत र सम्मान गरेकाेमा धन्यवाद व्यक्त गर्दै सम्मानले जिम्मेवारी बढेकाे छ र जनताकाे चाहना अनुसार सबैलाई साथमा लिएर अगाडि बढने बताए ।
ज्ञानाेदय बुद्ध विहार बागलुङको अध्यक्ष विकाश शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष मुकुन्द शाक्यले र संचालन सहसचिव युक्त जंग राजभण्डारीले गरेका थिए ।