३१ बैशाख २०८२, बुधबार

 

बेनीमा रेडियो प्रस्तोता तथा पत्रकारिता तालिम सुरु

म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्धारा बेनीमा सञ्चालीत म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको आयोजनामा सोमबारदेखि रेडियो प्रस्तोता तथा पत्रकारिता तालिम सुरु भएको छ ।

सात दिनसम्म सञ्चालन हुने २६ जना प्रशिक्षार्थी सहभागी तालिमको जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा अधिकृत श्रेष्ठले सञ्चार माध्यमले समाज परिवर्तन र जनचेतना अभिवृद्धीसंगै ओझेलमा परेका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारिता  र सञ्चार माध्यम अब ग्रामिण क्षेत्रका समस्याको पहिचान र सम्भावनाको उजागर गराउन केन्द्रित हुनुपर्ने बताउनुभयो । एफएमका सम्पादक सुरत केसी, नेपाल प्रेस युनियनका सभापती गोपाल छन्त्याल, प्रेस चौतारीका अध्यक्ष मालती खत्री र प्रेस सेन्टरका अध्यक्ष कमल खत्रीले पत्रकारीतामा गुणस्तरीयता, सिर्जनशिलता र निरन्तरताको आवश्यकता रहेको बताउनुभयो । म्याग्दीकाली सञ्चार सहकारी संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, स्टेशन संयोजक अमित विश्वकर्माको सञ्चालन र संस्थाका कोषाध्यक्ष तथा एफ एम उपसमिति संयोजक सुबिन श्रेष्ठको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

रेडियो नेपालका हरी गिरी, सञ्चारकर्मीहरु अमीत विश्वकर्मा, सुरत केसी, धु्रबसागर शर्मा, सन्तोष गौतम, धनञ्जयकुमार श्रेष्ठ, कृष्ण जिसी, बिक्रम बोगटी, प्रकाश पौडेल लगायतले पत्रकारिता, रेडियो कार्यक्रम उत्पादन, उद्घोषणकला, प्राबिधिक र बजार सम्बन्धि बिषयमा सहजिकरण गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung