
साहित्यकार गनेस पाैडेलबाट लिखित उपन्यास पैतालामाथि बहस र छलफल भएकाे छ । पैताला पुस्तक प्रकाशकदेखि पाठकसम्मकाे यात्राकाे बारेमा बुक हिल प्रकाशनका भुपेन्द्र खड्काले जानकारी दिनु भएकाे थियाे ।
पैताला उपन्यास लेखक गनेस पाैडेलकाे पहिलाे कृति हाे ,यसमा लेखकले समयकाे पदचापलाई पछ्याएकाे पाईन्छ । नयाँ विषयवस्तु र फरक धारकाे उपन्यास भएकाेले यसलाई पाठकहरू मन पराउने खड्काले बताए । संचार माध्यममा नियमित लेख लेखिरहने गनेसकाे पुस्तक लेख्ने दुस्साहसले राम्रो प्रतिकृयाहरू अाईरहेकाे छ । अालाेचनात्मक लेखन र पठन संस्कृतिकाे बलमा हामीले सुन्दर समाज निर्माण गर्नु पर्ने खड्काले बताए ।

अाफ्नाे पुस्तकमाथि बाेल्दै लेखक गनेसले भने मानव विकासकाे इतिहासलाई अध्ययन गर्ने हाे भने विभिन्न कालखण्डमा मानवले जे चिन्तन र प्रयाेग गर्याे त्यसकाे प्रभाव मानिस र उसकाे समाजिक व्यवहारलाई परेकाे छ । लेखक पनि यसबाट अछुतो छैन । लेखककाे बैकल्पिक चिन्तन र लेखनकाे बलमा समाजले प्रश्न माथि प्रश्न गरिरहेकाे हुन्छ ।
पैतालामा समयकाे श्वर , मानिसकाे कल्पना र भिन्न शैलीकाे साहित्यिक स्वाद रहेकाे छ पाैडेलले बताए ।
पैताला उपन्यास पढेर पठन संस्कृतिकाे नयाँ ढंगले विकास गर्न र लेखकलाई जिम्मेवार बनाउन अनुराेध गरेका लेखक पाैडेलले अाफ्नाे नयाँ कृति पैताला उपन्यासकाे बढि चर्चा गर्नु भन्दा पाठकहरूले पढेर सल्लाह ,सुझाव दिन अाग्रह गरे । पैताला उपन्यासमाथि टिप्पणी गर्नु हुदै साहित्यकार कुमार नगरकाेटिले भने पैताला उपन्यासकाे पृष्ठभूमि , नयाँ लेखन शैली , उपन्यास भित्रका कथाहरू पढै जादा अाफु फरक संसारमा पुगेकाे अनुभुती गरे । यस्तो खालकाे कृति त मैले लेख्नु पर्ने हाे । तन्त्र , मन्त्र ,घाट र जीवनकाे बारेमा अनाैठाे ढंगले लेखकले कथा पस्केकाे नगरकाेटिले बताए ! नेपालमा कथा लेखनकाे शुरूवातदेखि अहिलेसम्म हेर्ने हाे भने माैलिक र स्वतन्त्र ढंगले पाठकले खाेजेका रचनाहरू कम छन । हामीले राम्रो विषय वस्तु फरक स्वादमा पस्कनु पर्छ । त्यस मानेमा पैताला उपन्यासले पाठक प्रति न्याय गर्ने साहित्यकार नगरकाेटिले बताए । नयाँ विश्व अनलाइन र बुक हिल प्रकाशनकाे संयुक्त अायाेजनामा भएकाे लेखक र पाठक बीच संवाद कार्यक्रम संचालन नयाँ विश्व अनलाइन सम्पादक मुकेश राजभण्डारी गरेका थिए । कार्यक्रमकाे प्रायाेजन बागलुङ भगवती टेड्र्सले गरेकाे थियाे ।

कार्यक्रम लगतै पाठकहरूले लेखकसंग हस्ताक्षर गराएर पुस्तक खरिद गरेकाे दृष्यले कार्यक्रममा उपस्थिति धेरै पुस्तक प्रेमि र साहित्य अनुरागीहरूलाई अाकर्षित गरेकाे थियाे । लेखकलाई हस्ताक्षर गराएर कार्यक्रम स्थलबाट अहिलेसम्म कै सबै भन्दा धेरै हस्ताक्षर भएका किताबहरु बिक्री भएकाे थियाे ।