२ जेष्ठ २०८१, बुधबार

 

बागलुङ जिल्ला लिगको उपाधि फ्युचरले चुम्दै ५० हजार हात पा¥यो

जिल्ला लिग फुटबलको उपाधि फ्युचर स्पोर्टस् क्लब बागलुङले जितेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाईनलमा चिल्डे«न लाईफ स्पोर्ट क्लवलाई हराउँदै फ्युचरले उपाधि जितेको हो ।
बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा फ्युचरले चिल्ड्रेनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । फ्युचर लिगको विजेता बन्दै नगद ५० हजार र ट्रफि प्राप्त गरेको छ भने उपविजेतामा सिमित चिल्ड्रेन लाईफले नगद २५ हजार र ट्रफि प्राप्त गरेको छ । फ्युचर ब्राईटर सेकेण्डरी स्कुलका प्रिन्सिपल बालकृष्ण शर्माले आफुहरुले खेलकुद विकासमा गरेको लागानीकै कारण उपाधि चुम्न सफल भएको बताए । आगमी दिनमा पनि खेलमा थप लगानी गर्ने उनको भनाई ।
निकै प्रतिस्पर्धा रहेको खेलको १४ औं मिनेटमा चिल्ड्रेनका दिलीप जिसीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै बेर टिकेन । फ्युचरका आशिष गुरुङले खेलको ३० औं मिनेटमा बराबरी गरे । त्यसको ४३ औँ मिनेटमा अविशेक बोहोराले उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो हाफमा १ गोलको अग्रता दिलाएका थिए ।
फ्युचरको लागि तेस्रो गोल क्याप्टेन कमल थापाले दोस्रो आफको ४६ औं मिनेटमा गरेका थिए ।
२ गोलको अग्रता पछि खेलको ८१ मिनेटमा चिल्ड्रेन लाईफले पेनाल्टी मार्फत गोल गरेको थियो । डिबक्स भित्र फ्युचरका डिफेण्डर आशिष गुरुङले फ्युचरका खेलाडीलाई ट्याक्कल गरेपछि दोहोरो पहेलो कार्डबाट रेड कार्ड खाँदै मैदान बाहिरीएका थिए ।
उक्त पेनाल्टीमा चिल्ड्रेन लाईफका उमेश थापाले गोल गरेका थिए । खेलको केही समय १० खेलाडीमा सिमित भएतापनि फ्युचरले उपाधि चुम्न सफल भएको छ ।
प्रतियोगितामा चिल्ड्रेन लाईफका दिलीप जिसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २ हजार प्राप्त गरेका छन् ।
यस्तै उत्कृष्ट गोलकिपर चिल्ड्रेन लाईफका सुनिल थापा, उत्कृष्ट डिफेण्डर पावर फिटनेश क्लबका क्षितिज आचार्य, उत्कृष्ट मिडफिल्डर रुद्रेपिपल युवा क्लबका युकेश थापा र उत्कृष्ट स्ट्राईकर चिल्ड्रेनका दिलीप जिसी र उच्च गोलकर्ता चिल्ड्रेनका दिवश बुढाथोकी घोषित हुँदै सवैले नगद १–१ हजार प्राप्त गरेका थिए । यस्तै अनुशासित टिम बागलुङ स्पोर्टस् क्लब घोषित हुँदै २ हजार नगद प्राप्त गरेको छ । लिगमा ८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्