२६ बैशाख २०८१, बुधबार

 

कालिकालाई पर्यटकीय गन्तव्य बनाईने

प्रशिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरलाई नेपाल कै पर्यटकीय गन्तव्य बनाउनको लागि बागलुङ नगरपालिकासंग सहकार्य गरेर अगाडि बढ्न बागलुङमा सरोकारवाला बिच सहमति भएको छ ।

कालिका भगवती मन्दिर ब्यबस्थापन समिति बागलुङको आयोजनामा भएको बैठकमा जिल्ला समन्वय समिति बागलुङ, बागलृुङ नगरपालिका, जिल्ला बन कार्यालय बागलुङ, ढोरपाटन शिकार आरक्ष कार्यालय बोबाङका सरोकारवालाले कालिका मन्दिरको जंगल लाई थप आकर्षित गर्न पंन्छि, चरा–चुरूंगि राख्न अध्ययन अबलोकन गरि राख्ने बाताबरण बनाउने सहमति भएको कालिका भगवती मन्दिर ब्यबस्था समितिका अध्यक्ष राजु खड्काले बताए ।

बैठकमा बागलुङ नगरपालिका प्रमुख जनक राज पौडेल, स्थानीय बिकास अधिकारी रामप्रसाद आचार्य, बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख अणनाथ बराल र जिल्ला बन कार्यालयका रामबहादुर बिकले बन्यजन्तु पार्क लाई ब्यबस्थापन गर्न चुनौति रहेको बताएका थिए ।

व्यवस्थापनको कामलाई योजनाबद्ध रूपमा गर्नका लागि कालिका भगवती गुठीको संयोजकत्वमा ३ सदस्य अध्ययन समिति गठन गरेको छ । समितिको सदस्यमा ढोरपाटन शिकार आरक्षण कार्यालय र जिल्ला बन कार्यालयका प्रतिनिधि रहेको कालिका भगवती गुठी ब्यबस्थापन समिका प्रचारप्रसार समितिका सदस्य राजेशचन्द्र राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्