
मुकेशचन्द्र राजभण्डारी
साउदी अरब, युएई र अरु देशहरुले कतार समक्ष कतारबाट प्रशारण हुने अल जजीरा टेलिभिजन च्यानललाई बन्द गर्नु पर्ने माग राखेका छन् । यो सहित उनीहरुका अरु १३ ओटा माग छन् । अल जजीरा विश्वको चर्चित टेलिभिजन च्यानल हो । विशेष गरि मध्यपुर्बमा सञ्चार माध्यममाथि लगानी गर्नु त्यति उपयुक्त होईन भन्ने मान्यता रहेको अबस्थामा यसको प्रशारण सुरु भएको थियो ।
विविसी, सिएनएन लगायतका सञ्चार माध्यम नै खाडी राष्ट्र तथा मध्यपुर्वमा बढी हेरिने सञ्चार माध्यम हुन् । अल जजीराको प्रशारण सुरुभएपछि सञ्चारमा लगानी गर्नुहुँदैन भन्ने मान्यतामा परिवर्तन आएको हो । विश्वव्यपि रुपमा महत्व राख्ने सामग्री अल जजीराले प्रशारण गर्न थालेपछि यो व्यवसायिक रुपमा सफल हुँदै आयो ।
सन् १९९६ मा विविसीले साउदी अरबको
राजपरिवारको बारेमा समाचार प्रशारण गरेपछि खाडी राष्ट्रमा व्यवसायिक टेलिभिजन च्यानलको आवश्यकता महसुस भयो । सोहि बर्षदेखि कतारको राजधानी दोहाबाट अल जजीराको प्रसारण सुरु भयो । सुरुमा अरबि भाषामा मात्रै प्रसारण भईरहेको अल जजीरा सन् २००६ देखि अंग्रेजि लगायत अन्य भाषामा समेत प्रशारण हुन थाल्यो । ४० देशमा प्रशारण पहुँच भएको टेलिभिजनका १४ करोड भन्दा बढी दर्शक छन् ।
विश्वका विभिन्न देशमा ३० ओटा ब्युरो कार्यालय छन् । यसमा विविसी, ईएसपीएन, सीएनएन, सीएनवीसी लगायतका चर्चित टिभि च्यानल छोडेर धेरै पत्रकार यसमा आबद्ध छन् ।
मध्यपुर्ब र खाडी राष्ट्रहरु अहिले शक्ति राष्ट्रको होडबाजीको केन्द्रमा छन् । ईराकमा सद्धाम हुसेनको सत्ता अपदस्त भएपछि आईएसआईएस विद्रोही जन्मियो । अफगानिस्तानबाट बिन लादेनले अलकायदाको नेतृत्व गरिरहेका थिए । धेरै बर्षको कठिन खोजपछि पाकिस्तानको एहेताबातमा लादेनलाई अमेरिकाले हत्या ग¥यो । ईजिप्टमा मुस्लिम ब्रदरहुडको सरकारलाई अपदस्त गरेर अमेरिकाको समर्थनमा त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लियो । यहि समयमा अमेरिकाले लिबियामा कर्णेल गद्दाफिको सत्ता अपदस्त गरि उनको हत्या ग¥यो ।
रुस समर्थित सिरियाली सरकारको विरुद्धमा अमेरिका र उसको गठबन्धन युद्धमा छ भने रुस र ईरान सिरियाको बसर अल असदको सरकारको सरकार टिकाउन अन्तिम संघर्ष गरिरहेको छ । जसका कारण विश्वले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो शरणार्थी संकट ब्योहरिरहेको छ । साउदी अरब यमनको विद्रोहीलाई दवाएर आफ्नो समर्थनमा रहेको सरकारलाई जोगाउन सैनिक कारवाहीमा छ । अल जजीरा टेलिभिजनले अलकायदा, आईएसआईएस, मुस्लिम ब्रदरहुड, यमनका विद्रोहीलाई आफ्नो सामग्रीमा प्राथमिकता दिएको भन्दै साउदी अरब र अमेरिका रुष्ट छ ।
कतार यस प्रकरणमा ईरान, टर्की र रुसतीर ढल्कन लागेको र आफ्ना विरोधि विद्रोही संगठनलाई समर्थन गरेको आरोपमा सउदी अरब लगायतका मुलुकले कतारलाई नाकाबन्दी लगाएका छन् । विश्वव्यापी रुपमा अमेरिका र रुस विच शक्ति संघर्ष चर्किंदै गएको छ । बाराक ओबामा कै पालामा रुसलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने एउटा अनुसन्धान अमेरिकाले गरेको थियो । रुसले सिरियाको बाटो हुँदै युरोपलाई ठुलो परिमाणमा ग्याँस निर्यात गर्छ । यो निर्यात रुसको आम्दानीको ठुलो हिस्सा हो ।
सिरिया कब्जा गरेर अमेरिकाले रुसको निर्यातको बाटोलाई बन्द गर्न चाहान्छ भने सिरियामा रहेको तेल तथा कतारमा रहेको ग्याँस कब्जा गरेर युरोपलाई बेच्न चाहान्छ । अहिले रुस, ईरान, सिरिया र टर्कीपछि कतार पनि यहि गठबन्धनमा सामेल हुन लागेको साउदी अरब र अमेरिकको आरोप छ । कतारले यो आरोपको खण्डन गर्दै आएको छ ।
सिरियाली सरकारलाई रुस र ईरानले सैनिक सहयोग सहयोग गरिरहेको छ । यो सरकार अपदस्त गर्र्न अमेरिका लागेको छ । यमनका विद्रोहीलाई ईरानले सहयोग गरेको छ ।
यमनको विद्रोही विरुद्धको सैनिक कारवाहीबाट कतार पछि हटेको र अल जजीराले असहयोग गरेकोमा अमेरिका र साउदी पहिलेदेखि नै असन्तुष्ट थिए । विश्वमै प्रतिव्यक्ति आय सबैभन्दा बढी रहेको धनी मुलुक कतार आफ्नो विरुद्धमा लागेको साउदी अरबलाई सह्य भएको थिएन । ति देशहरुले कतारलाई आतंकवादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् जस्लाई कतारले खण्डन गरेको छ ।
आफ्नो देशमाथिको प्रतिबन्ध फुकुवा नभएसम्म बार्ता नगर्ने र साउदी समक्ष आत्मसमर्पण पनि नगर्ने कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले बताएका छन् ।
उनले आफ्नो देश ईस्लाम अतिवादीहरुको अगुवा समर्थक रहेको आरोपलाई अस्वीकार गरेका छन् । ईरान र टर्कीले हवाईजहाज तथा पानी जहाज मार्फत कतारलाई खाद्यान्न, फलफूल र तरकारी पठाईरहेका छन् । साउदी अरबको ठुलो लगानी कतारमा रहेको छ ।
यो संकट लम्बिदै गयो भने यसको प्रभाब धेरै देशले भोग्नुपर्ने छ । कतारमा मात्रै ५ लाख नेपाली युवा श्रम बजारमा छन् । यो नेपालमा भित्रीने बिप्रेशणको निकै ठुलो हिस्सा हो ।
कुबेतका अमिरले बिवाद समाधानको लागि मध्यस्तता गरिरहेका छन् । यस्तै बिवादका विच पनि अमेरिकाले कतारलाई १४ अरब अमेरिकी डलर बराबरको लडाकु विमान बेच्ने सम्झौता गरेको छ भने अर्कोतर्फ ईरानले कतारलाई आवश्यक खाना र पानीको आपूर्तीको लागि आफ्नो तीनओटा बन्दरगाह प्रयोग गर्न भनेको छ । कतारमा आउने खाद्यान्न, तरकारी र फलफूल र तरकारीको ४० प्रतिशत साउदीबाटै आउने गर्छ । साउदी, बहराईन, युएई, ईजिप्ट लगायतका देशले कतारी नागरिकलाई आफ्नो देश छोड्न भनेका छन् । कतारले भने आफ्नो देशमा रहेका विदेशी नागरिकलाई देश छोड्न नपर्ने भनेको छ ।
संकट चुलिदै जाँदा कतारका विदेश मन्त्री शेख मोहम्मद रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभसँग बार्ता गर्न मस्को जाँदै छन् । साउदी अरब, अमेरिका र उसका गठबन्धन राष्ट्रहरुले सिया मुसलमान बहुल राष्ट्र ईरानसँग कतार ढल्कीन लागेको भन्दै सुन्नी ऐक्यबद्धतामाथि खतराको रुपमा लिएका छन् । यो प्रकारणले अमेरिकाले आफ्नो साझेदार राष्ट्र कतार गुमाउन खोजेको र राष्ट्रपति डोनाल्ड ट्रम्पको असफल परराष्ट्र नीतिको रुपमा लिन थालिएको छ ।
पुर्ब राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा यो क्षेत्रको शक्ति सन्तुलन मिलाएर राखेका थिए । राष्ट्रपति ट्रम्मले यो अन्तरविरोधको हल गर्न सकेनन् भने यो क्षेत्रमा ईरान, रुस, टर्की र चीन हाबि हुने देखिन्छ । जुन अमेरिका र साउदी अरबको गठबन्धनका लागि प्रत्युत्पादक हुनेछ । मध्येपुर्ब तथा खाडी क्षेत्रको तेल, ग्याँस र जलमार्ग कस्ले कब्जा गर्ने भन्ने होडमा रुस र अमेरिकाविच टकराब छ । यसको कोपभाजनमा सिरिया, लिबिया, ईराक, यमन, अफगानिस्तान सँगै अहिले कतार समेत परेको छ ।
कतारसंग आक्रोशित बनेको साउदी अरबको गठबन्धनले कतार समक्ष १३ सुत्रिय मागको सूची नै प्रस्तुत गरेका छन् । टर्कीस्थीत कतारकोे सैनिक अखाडा बन्द गर्नुपर्ने र इरानसंगको सम्बन्धको स्तरलाई पनि घटाउनु पर्ने माग राखेका छन् । यि माग पूरा भए मात्र कतार विरुद्ध लागु प्रतिबन्धहरु हटाइने बताइएको छ । ति सबै मागहरु १० दिन भित्र पूरा गर्नु उनीहरुको माग छ ।
आफ्नो अन्तराष्ट्रिय छवि बढाउन अन्तराष्ट्रिय खेलकुद आयोजना गर्न लागेको कतारले आतंकवादलाई प्रोत्साहन गर्ने काम नगरेको बताएको छ । कतार अहिलेसम्मकै अभूतपूर्व कुटनीतिक तथा आर्थिक प्रतिबन्धहरुको चेपुवामा परेको छ, जुन खाडी राष्ट्रहरुमा उत्पन्न दशकौंयताको सबैभन्दा खराब अवस्था हो ।
प्रतिक्रियाका लागि
मोवाईल नम्बर–९८५७६३३३८५