५ जेष्ठ २०८१, शनिबार

 

बागलुङका खाती बने पत्रकार महासंघ युरोपको सचिव

युरोप पुगेका नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष खिलबहादुर भण्डारीले प्रवाशमा रहेर पत्रकारिता गर्न सहजिलो नभएको बताए । पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिबेशनमा बोल्दै उनले अध्ययन तथा रोजगारीको लागि विदेशी भुमिमा रहेका पत्रकारले समस्याका विच पत्रकारिता पेशालाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।

भण्डारीले नेपालमै बसेर पत्रकारिता गरे जस्तो सजिलो प्रवासमा नहुने भन्दै संयमित भएर काम गर्न आग्रह गरे । युरोप शाखालाई थप बालियो बनाउन केन्द्रिय स्तरमै छलफल गर्ने उनको प्रतिबद्धता थियो ।

अधिवेशनले शाखा अध्यक्षमा केजिन राईलाई निर्वाचित गरेको छ । बेल्जियमको लुभेनमा भएको अधिवेशन वरिष्ठ उपाध्यक्षमा बेल्जियमबाट डिल्लीराम अम्गाई निर्वाचित भए ।

उपाध्यक्षमा राजकुमार दिक्पाल (पोर्चुगल) महासचिवमा योगेन्द्रमिलन छन्त्याल (पोर्चुगल), सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड), स्पेनबाट वसन्त रानाभाट, डेनमार्कबाट बागलुङका महेशकुमार खाती र पोर्तुगलबाट पेम्बागेलु शेर्पा निर्वाचित भए ।

सदस्यहरुमा शेरबहादुर छन्त्याल (बेल्जियम), वीरमान घर्ति मगर (बेल्जियम), प्रेम परियार (नर्वे), निराजन श्रेष्ठ (स्वीजरल्याण्ड), माहिन्दो वाईवा (ईटली), प्रेम पोमु (जर्मनी) र तेज नेपाली (बेल्जियम) निर्वाचित भएका छन् । कार्यक्रम केजिन राईको अध्यक्षता र द्रोण रिजालको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्