२ जेष्ठ २०८१, बुधबार

 

रोनाल्डोलाई अदालतले डाक्यो

कर छलीको आरोप लागेका विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अदालतले डाकेको छ । स्पेनी अदालतले जुलाई ३१ मा उपस्थिति हुन भनेको छ ।

उनी सन् २००९ देखि रियल म्याड्रिड फुटबल क्लबको लागि खेल्दै आएका छन । रोनाल्डोले इमेज राइटबाट कमाएको पैसामा कर छली गरेपछि स्पेनी कर निकायले अदालतमा मुद्दा दर्ता गरेको हो ।

रोनाल्डोले डेढ अर्ब भन्दा बढी कर नतिरेको आरोप अभियोजकले लगाएको छ । रोनाल्डोले भर्जिन आइल्यान्डस्थित एक सेल कम्पनी प्रयोग गरी इमेज राइटबाट कमाएको पैसा लुकाएको आरोप छ । रोनाल्डो यति बेला पोर्चुगाली राष्ट्रिय टोलीबाट अन्तरमहादेशीय कप खेल्न रसियामा छन ।

यसअघि एट्लेटिकको म्याड्रिडका स्टाइगर राडामेल फाल्काओ र रियल म्याडिडका रक्षक फाबियो कोन्टाओ पनि कर छलीमा स्पेनी अदालतको फन्दामा परिसकेको छ ।

लियोनल मेसी र जाभियर मास्चेरानो कर छलीको मुद्दामा दोषी ठहरि सकेका छन । रोनाल्डो र मोउरिन्हो स्पेनमा कल छलीको आरोपमा मुछिएका पछिल्ला फुटबल हस्तीहरू हुन ।

प्रतिक्रिया दिनुहोस्