बागलुङ नगरपालिकाले नव नियुत्त सहकारी तथा गरिवी निवारण राज्य मन्त्री चम्पादेवी खड्कालाई आइतवार स्वागत गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित समारोहमा नगर प्रमुख जनकराज पौडेल, उप—प्रमुख सुरेन्द्र खड्का, कार्यकारी अधिकृत सुवासचन्द्र लामिछाने, बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युत्तप्रसाद सुवेदी, वार्ड अध्यक्ष तथा कर्मचारीहरुले स्वागत तथा शुभ कामना व्यत्त गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै राज्य मन्त्रि खड्काले बागलुङ नगरपालिकाको ढल व्यवस्थापन र बागलुङ देखि म्याग्दीको रत्नेचौर तथा पर्वतका विभिन्न स्थान जोड्ने करिव आधा दर्जन पुल निर्माणका लागी पहल गरिरहेको जानकारी गराउदै नगरको विकासमा सक्रियता पर्वक लाग्ने प्रतिबद्धता जनाउनु भयो ।नगरपालिकाले तयार गरेका जुन सुकै योजनाहरुलाई आफुले सक्दो सहयोग गर्ने बताउदै सरकारी क्षेत्रबाट बजेट विनियोजनका लागी पनि पहल गर्ने बताउनु भयो ।
आफुलाई सांसद देखि मन्त्रिसम्म बनाउन जिल्लाकै जनताको योगदान रहेकाले सबैलाई धन्यवाद व्यत्त गर्दछु । उहांले भन्नु भयो आफ्नो मन्त्रालयबाट सम्पन्न हुने योजनाहरु तयार गरी पेश गर्न नगरपालिका तथा सम्बन्धित सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा उप—प्रमुख सुरेन्द्र खड्काले स्वागत मन्तव्य व्यत्त गर्दै बर्तमान मन्त्रि परिषदमा धौलागिरीको एकमात्र मन्त्रिका रुपमा बागलुङ क्षेत्र नं.१ बाट निर्वा्चित सांसद चम्पादेवी खड्कालाई पाउदा निकै खुशी लागेको बताउनु भयो ।उहांले बागलुङ नगरपालिकाले तर्जुमा गरेका योजनाहरुको कायान्वयनमा राज्य मन्त्रि खड्काको सहयोगको अपेक्षा राख्नु भएको थियो ।
सो अवसरमा नगर प्रमुख जनकराज पौडेलले राज्य मन्त्रि खड्कालाई मायाको चिनो प्रदान गर्नु हुदै कालिगण्डकी कोरिडोर लगायतका राष्ट्यि आयोजनाहरुको निर्माणका बारेमा ध्यानाकर्षण गराउनु भएको थियो ।उहांले स्थानिय तहको ऐन संसदबाट सिघ्र पारित गरी कार्यान्वनमा ल्याउन पहल गर्न आग्रह गर्नु भयो ।गरिवी निवारणका लागी सहकारी र उत्पादनको बजारीकरणका लागी स्थानिय तथा क्षेत्रियस्तरका संस्थाहरुको सक्रियताका लागी विषेश कार्यक्रम ल्याउन उहांले सुझाव दिनु भयो । कार्यक्रमको संचालन कार्यकारी अधिकृत सुवाचन्द्र लामिछानेले गर्नु भएको थियो ।







































































































































































































