धौलागिरीमै पहिलो पटक बागलुङमा भएको अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जीवन पुर्नस्थापना केन्द्रले जितेको छ । १४ टिमको सहभागिता रहेको प्रतियोगिता रश आवर स्पोर्टस् क्लव बागलुङले आयोजना गरेको हो ।
फाइनल खेलका नयाँ जीवनले बागलुङ स्पोर्टस् क्लबलाई ९–७ गोलअन्तरले पछि पा¥यो । दुई गोल अन्तर कायम गर्दै प्रतियोगिताको उपाधि चुमेको नयाँ जीवनले ५० हजार रुपैयाँ नगद हात पा¥यो । उप विजेता बागलुङ स्पोर्टसले २० हजार प्राप्त ग¥यो ।
खेलमा सुवास गुरुङको गोलबाट बागलुङ स्पोर्टस्ले अग्रता लिएको थियो । दोस्रो हाफमा स्पोर्टले अग्रता जोगाउन सकेन र उपाधि नयाँ जीवनले जित्यो ।
नयाँ जीवनलाई उपाधि दिलाउन रोशन केसीले ४, सुनिल तामाङले ३, राजेश जिसी र गणेश थापाले समान १/१ गोल गरे । बागलुङ स्पोर्टसका लागि सुवास गुरुङले ६ र किरण दुराले १ गोल गरे । सुवास म्यान आफदी म्याच घोषित भए । 
उत्कृष्ट खेलाडी बागलुङ स्पोर्टस्का सुवास गुरुङ, उत्कृष्ट गोलरक्षक नयाँ जीवनका मञ्जेश राना मगर र अनुशासित टिम मानव सेवा आश्रम घोषित भए । उनीहरुले नगद ३/३ हजार रुपैयाँ पाए ।
विजेता टिम र खेलाडीलाई बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले पुरस्कार प्रदान गरे ।
बागलुङ जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष राम शर्मा र जिल्ला भूसंरक्षण कार्यालय बागलुङका प्रमुख शेर बहादुर श्रेष्ठपनि पुरस्कार वितरणमा सहभागी थिए ।













































































































































































































