
बेनीमा आईतबारदेखि धौलागिरी क्षेत्रकै सर्बाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो बौद्ध कप २०७४ सुरु भएको छ । बेनपा ७ मंगलाघाटमा रहेको बौद्ध युवा क्लव र मंगला आमा समूहले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २५ टिमले सहभागिता जनाएका छन् ।
मंगला आमा समूह सहआयोजक रहेको प्रतियोगिताको उद्घाटन खेलमा दोस्रो वौद्ध कपको च्याम्पियन माउन्ट एभरेष्ट आवासीय माविलाई जिल्ला प्रहरी कार्यालयले शून्यका बिरुद्ध १ गोल गर्दै बिजयी सुरुवात गरेको छ ।असोज ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने बौद्ध युवा क्लवले जनाएको छ ।
सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशासित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलर
क्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छछ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने क्लवले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनका क्रममा मन्तब्य
व्यक्त गर्दै श्रेष्ठले समाज परिवर्तनका लागि युवा परिचालनलाई प्राथमिकता दिनुपर्ने बताए । जिल्ला खेलकुद विकास समिति र म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले खेलकुदको विकासका लागि पूर्वाधार र खेलाडीलाई प्रशिक्षणको आवश्यकता रहेको बताए ।
बौद्ध युवा क्लवका अध्यक्ष बिजय किसानको अध्यक्षता, पुर्व सचिव श्यामसुन्दर कँडेलको सञ्चालन र मुल संयोजक सचिन शाक्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि शुभकामना मन्तब्य व्यक्त राखेका थिए ।
प्रतियोगिताको पुरस्कार राशि धौलागिरी क्षेत्रमा हालसम्म आयोजित प्रतियोगिता मध्यको सबैभन्दा बढी रहेको आयोजकले दावी गरेको छ । बौद्ध युवा क्लवले
प्रत्येक तीन वर्षमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्थानीय क्ल्वमा सहभागी भएर खेल्नका लागि राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु पनी आएका छन् ।
प्रतियोगिताको उद्घाटन प्यारागलाईडीङबाट खेलमैदानमा बल खसालेर गरिएको थियो ।
लभ्लिहिलबाट प्यारागलाईडीङको सम्भावनाको अध्ययनका लागि क्लवको पहलमा प्यारागलाईडीङ व्यवसायीहरु बेनीमा आएका छन् । लभ्लिहिलबाट प्यारागलाईडीङ सञ्चालन गर्न सकेमा बेनीमा नयाँ पर्यटकीय आकर्षण हुने सम्भावना छ ।