३ श्रावण २०८३, आईतवार

 

बेनीमा भईरहेको वौद्ध कपको सेमी फाईनलमा पुगे यी चार टिम

म्याग्दीको बेनीमा जारी धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को सेमीफाईनलमा चार टिम प्रवेश गरेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय र कालीपुल युनाईटेड तथा आयोजक वौद्ध युवा कल्व एल्लो र एभरग्रिन युवा कल्व बल्याकबीच सेमीफाईनल हुने भएको हो । बुधबार भएको क्वाटर फाईनलमा जिल्ला प्रहरी कार्यालयले जलजला तरुण पर्वत बेनीलाई पेनाल्टी सुटआउटमा ८ का विरुद्ध ९ गोल गर्दै सेमीफाईनलमा पुगेको हो ।

निर्धारीत समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा ढकेलीएको थियो । यसैगरी कालीपुल युनाईटेडले रिभरसाईडलाई शून्यका विरुद्ध एक, वौद्ध एल्लोले न्यु दोभानलाई शुन्यका विरुद्ध ५ र एभरग्रिनले बागलुङ फुटबल संघलाई शुन्यका विरुद्ध २ गोलले पराजीत गरेर सेमी फाईनलमा प्रवेश गरेको खेल संयोजक कृष्ण श्रेष्ठले बताए ।

दसै पर्वको अवसरमा वौद्ध युवा कल्वको आयोजना र मंगला आमा समूहको सहआयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टिमले सहभागीता जनाएका थिए । बिहीबारनै फाईनल हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छछ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने कल्वका अध्यक्ष बिजय किसानले बताए ।

सो प्रतियोगिताको पुरस्कार राशी धौलागिरी क्षेत्रमा हालसम्म आयोजित प्रतियोगिता मध्यको सबैभन्दा बढी रहेको आयोजकले दावी गरेका छन् । वौद्ध युवा कल्वले प्रत्येक तिन वर्षमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्थानीय कल्वमा सहभागी भएर खेल्नका लागि राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु पनी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung