३ कार्तिक २०८३, सोमबार

 

प्रेस सेन्टर नेपाल ताराखोला गाउँ समिति आधारभूत पत्रकारिता तालिम संचालन गर्ने

प्रेस सेन्टर नेपाल ताराखोला गाउँपालिकाले आगामी असोज २३ देखि २५ सम्म ३ दिने आधारभूत पत्रकारिता तालिम संचालन गर्ने भएको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गल भातखाने डाडा मा मंगलबार सम्पन्न कार्यसमिती को बैठक ले उक्त निर्णय गरेको हो ।

ग्रामीण क्षेत्रमा सन्चार को पहुँच अभिबृदि गर्ने उदेश्य ले आयोजना गर्न लागेको उक्त तालीम मा ताराखोला गाउँपालिका भित्रका सबै वडाबाट १० र १० जना प्रशिक्षार्थी सहभागी गराइने प्रेस सेन्टर ताराखोला का अध्यक्ष पूर्ण भद्र निउरेले जानकारी दिएका छन । सो अबसर मा नेपाल पत्रकार महासघ ४ न प्रदेस सभासद महेन्द्र घर्र्ती संगम, प्रेस सेन्टर बागलुङ का उपाध्यक्ष कृष्ण कडेल, सचिब खगेन्द्र बिश्वकर्मा लगायत ले मन्तव्य राखेका थिए । बैंठकले तालिम ब्यबस्थापन का लागि विभिन्न वडामा प्रेस सेन्टर का सदस्य लाई जिम्मेवारी बाड फाड गरेको छ ।

जस अन्तरगत वडा न १ मा ललित घर्ती ,२ मा सन बहादुर बि क , ३ मा शान्त खत्री मौसम , ४ मा बिबेक परियार र वडा न ५ मा कमल घर्ती लाई जिम्मावारि प्रदान गरेको छ । बैठक प्रेस सेन्टर ताराखोला गाउँपालिका का अध्यक्ष पूर्णभद्र निउरे को अध्यक्ष र सचिब शान्त खत्री मौसम को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung