३ श्रावण २०८३, आईतवार

 

बुर्तिबाङमा धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

बुर्तिबाङ व्याडमिन्ट क्लवको आयोजनामा यही आश्विन २५, २६ र २७ गते धौलागिरी अञ्चल स्तरीय व्याडमिन्टर प्रतियोगिता हुने भएको छ । खेलसँग आवद्ध खेलाडिहरुको प्रतिभा पर्दशन तथा खेलको विकासका लागि उक्त खेलको आयोजना गरिएको बताइएको छ । व्याडमिन्टन प्रतियोगीता डबल्स खुल्ला, सिंगल्स खुल्ला र बि लेवलको जुनियर हुने आयोजकको भनाई छ ।

प्रतियोगीता धौलागिरी अञ्चल स्तरीय हुने भएतापनि अन्य छिमेकी जिल्लाका खेलाडिहरुलाई समेत प्रतियोगितामा समावेश गरिने व्यवस्था रहेको आयोजक समितिले जनाएको छ । प्रतियोगिताको खुल्ला मेन्स डबल्स तर्फ प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार पुरस्कार रहेको छ ।

यस्तै मेन्स डबल्स कै वि समुहमा प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उता मेन्स सिंगल्स तर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको छ । प्रतियोगिताको उदघाटन तथा पुरस्कार वितरण कार्यक्रम ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीबाट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung