राजेशचन्द्र राजभण्डारी
नेपालीहरूले यसपटक अाफ्नाे चाडपर्व रमाइलो संग मनाइरहेकाे समयमा नेपालकाे प्रमुख बामपंथी शक्ति बिच पार्टी एकता हुने घटनाले देशमा राजनीति तरङ्ग अाएकाे छ ।नेपालमा रहेको प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र माअाेबादी केन्द्र बिच यहीँ मंसिर १० र २२ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाकाे निर्वाचनलाई ध्यानाकर्षण गरि बामपंथी बिच चुनावी तालमेल र तीन वटा शक्ति बिच पार्टी एकता गर्न ६ बुढे लिखित हस्ताक्षरले हिजो सम्म निरास भएर बसेका अाम सर्ब साधारण भने खुशी भएको देखिएको छ ।
अहिले एमाले माअाेबादी केन्द्र र बाबुराम भट्टराई काे नयाँ शक्ति पार्टी बिच हुन लागेको एकता लाई बिदेशी प्रभुकाे चाहना अनुसारकाे एकता हाे भनेर बिश्लेसन गरेको पनि चर्चा परि चर्चा चलिरहेको छ ।अहिले बामपंथी बिच हुनलागेको एकता प्रजातन्त्रकाे लागि खतरा भएको भनेर अाफुलाई प्रजातन्त्रबादी भन्नेहरूले भनिरहेका छन् ।अचम्म पनि कति अचम्म बामपंथी बिच एकता हुदा किन प्रजातन्त्र लाई खतरा यो एकतामा किन राेइ कराइ गर्नुपर्ने त्यस्तो कुनै कारण देखिदैन साच्चै भन्ने हाे भने अहिले देशको जुन हालत भएको छ यो हुनुको पछाडि राजनीति स्थिर नभएको कारणले हाे भन्ने कुरा स्पष्ट छ ।
बहुदलीय ब्यबस्थामा राजनीति पार्टी खुल्ने चल्ने स्वभाबिक हाे अहिले कुनै पनि राजनीति दलको बहुमत अाउन नसक्दा जहिले पनि खिचडी सरकार बनाउने जुन ९ महिना भन्दा बढी नटिक्ने गरेको कारणले पनि अहिले सरकार ढाल्ने र बनाउने खेल भन्दा अर्को केही हुन सकेको देखिएन सधैं सधैं मुलुक लाई अस्थिर राजनीतिमा ढकेल्नु भन्दा मिल्न सक्ने शक्ति मिलेर पार्टी एकता गर्नु लाई सकारात्मक कदम मान्नुपर्छ ।
अहिले मुलुकमा सम्पन्न स्थानीय तहको नतिजा पछि नेकपा एमाले र माअाेबादी केन्द्रले साच्चै नै अब बामपंथी शक्ति बिच कार्यगत एकता पार्टी एकता चुनावी माेर्चा नभए सम्म चुनाव सहज छैन बहुमतको सरकार बन्दैन भन्ने साेचका साथ एमाले नेता केपी शर्मा वली र माअाेबादी केन्द्र का अध्यक्ष प्रचण्ड बिच गम्भीर रूपमा छलफल भएपछि अहिले काे अबस्थामा अाइपुगेकाे कुरा बाहिर अाएकाे छ ।
एकले अर्को लाई सिद्धाउने अभियानमा लागेका प्रमुख दुई कम्युनिस्ट पार्टीले अहिलेसम्मकाे देशकाे राजनीति घटना क्रम बिदेशी शुभचिन्तककाे सल्लाह सुझाव समेत लाई ध्यानमा राखेर अहिले पार्टी एकता गर्ने तह सम्म पुगेको देखिन्छ ।
बामपंथी पार्टी बिच ध्रुवीकरण भए पछि नेपाली काङ्ग्रेस पार्टी पनि अहिले राजपा मधेसी दल राप्रपा लगायतका दल संग माेर्चा चुनावी एकता गर्न छलफल गरिरहेका छन् यसलाई पनि सबै नेपालीले सकारात्मक रूपमा लिएका छन् ।
देशमा पुरानो सामन्ती राजतन्त्र हटाउने काम भयो अहिले नेपाली जनताको छाेरी रास्ट्रपतिमा बिराजमान छन् ।नेपाली जनताले जुन रगत पसिना बगाए र अहिले देशमा जुन परिवर्तन भयो त्यसलाई संस्थागत गर्न पनि अहिले देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि अाइसकेकाे छ अब प्रदेश सरकार र केन्द्रीय सरकार बनाउन पनि मंसिर १० र २२ गते काे निर्वाचन अनिवार्य छ ।सधै अस्थिर राजनीति चलिरहदा देशले अार्थिक बिकास समेत गर्न सकेन सरकार टिकाउन ५ दर्जन मन्त्री र सुबिधा बाड्न मै समय खर्च भएको कारण नेपाली सामान्य जनताहरू समेत नेपाली राजनीति नेताहरू मन्त्री लाई हेर्ने दृस्टी काेण नकारात्मक रहेको छ अरूत अरू सामान्य बालबालिकाहरू समेत मन्त्री भन्ने काे काम तलब भत्ता खाने हाे देशको बिकास गर्ने भने हैन भन्ने नै बुझाइ छ ।
अहिले बनेका मन्त्रीहरूकाे अनुहार हेर्दा त्यहीँ कुराकाे झझल्को दिन्छ ।साच्चै परिवर्तन के काे लागि देश र जनताको लागि भन्ने गरिए पनि अहिलेसम्म काे अबस्था हेर्दा नेपाली जनताले त्यो अनुभुती दिन नसकेकाे अबस्थामा अहिले बामपंथी र प्रजातान्त्रिक शक्ति काे ध्रुवीकरणले भने देशमा नयाँ अाशा भने पलाएको छ ।
ढिलै गरि भए पनि नेपालका राजनीति दलका नेताहरूमा एउटा सदबुद्दी पलाएको छ अान्तरिक कारण बाह्य कारण जे जस्तो भए पनि यसले अब गति लिने संकेत देखिएको छ ।एमाले नेता केपी अाेली र माअाेबादी नेता प्रचण्डले मुलुकभर निराश भएका अाफ्ना कार्यकर्ता र नेपाली जनतामा एउटा उत्साह जाेश जागर थप्ने काम गरेर फेरि एकपटक चर्चामा अाएका छन् ।सधैं बिभाजन टुटफुट मा मात्रै रमाइ रहेका कम्युनिस्ट नेताहरू फेरि एकता अभियानमा तनमन देखि लागेको देखिएकाे छ ।
हुनत अहिले कार्यकर्ता भन्दा देशमा नेता बढी छन् अहिले नेताहरू लाई सहि ढंगले ब्यबस्थापन गर्न गार्हो देखिन्छ ।कार्यकर्ताहरू अहिले एकताकाे कुराले खुशी छन् उत्साहित छन् यसलाई सहि ढंगले परिचालन र ब्यबस्थापन गर्न सकेमा नेपालमा राम्रो काम गरेर देखाउन धेरै समय लाग्दैन ।अब भएको एकता पछि अब निर्वाचन पछि देशलाई अार्थिक रूपमा समबृद्द बनाउने याेजना बनाउन जरुरी छ ।७ वटा प्रदेशको बिकास गर्न पनि अब ठूलो जनशक्ति परिचालन गर्नुपर्ने देखिन्छ ।
नेपालमा भएको राजनीति नेताहरू अब एकजुट भएर नयाँ महा अभियानमा लाग्न जरुरी छ ।एमाले माअाेबादी र नयाँ शक्ति बिच हुने एकताले धेरै नेताहरूकाे अाफ्नाे पद हैसियत अब के हुने कस्तो हुने भन्ने चिन्ताले सताइरहेकाे देखिन्छ ।साच्चै चिन्ता भन्दा पनि देश र जनताको पक्षमा चिन्तन गर्न जरुरी छ ।अहिलेसम्म जे जस्तो कमिकमजाेरी भए भए अब नयाँ ढंगले जान जरुरी छ ।
बामपंथी बिच भएको ध्रुवीकरण ले काेही पनि अात्तिहाल्नु पर्ने देखिदैन यसलाई शंका भन्दा पनि खुशीकाे नजरले हेर्न जरुरी छ ।बामपंथी बिच ध्रुवीकरण चलेपछि नेपाली काङ्ग्रेस ले पनि बृहत प्रजातान्त्रिक माेर्चा बनाउन शुरूवात गरेको छ यो सबै समयकाे माग हाे अहिले जाेगि देखेर भैंसी डराउने भैंसी संग जाेगी डराउने बाताबरण भने छैन ।मुलुकमा धेरै खालको राजनीति उतारचढाव भैसकेको छ अहिले फेरि नयाँ खालको तरङ्ग अाएकाे छ यसलाई खाली नेताहरूकाे मागि खाने भाडाे नबनाई देश र जनताको हितमा केही गरेर देखाउने साधन बनाउन सके मात्रै बामपंथी ध्रुवीकरण र प्रजातान्त्रिक ध्रुवीकरणकाे अर्थ रहने छ ।
नेपाली पुरानो संस्कृति काले काले मिलेर खाउ भाले अहिलेकाे एकता नहाेस परिवर्तनकाे पक्षमा हाेस् देशलाई अगाडि लैजाने दिशामा हाेस् अब देशका युवा जनशक्तिले देश भित्र राेजगारी पाउने उद्योग धन्दा कलकारखाना खाेल्ने नयाँ बाताबरण बनाेस अनि मात्र यसकाे सार्थकता रहने छ ।






























































































































































































