
शनिबार राति बरेङ गाउपालिका–२ बराहकोटको एक घरमा आगालागी हुँदा आगोमा जलेर एक युवाको ज्यान गएको छ । बेलुकि करिव ८ बजेको समयमा मानसिक सन्तुलन ठिक नभएका ३८ वर्षका दुर्गाबहादुर विकले आफुले लगाएको आगोमा परि उनी आफैको मृत्युु भएको ईलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरिक्षक हरिबहादुर पुनले जानकारी दिए ।
बेलुकि करिव ८ बजेको समयमा लागेको आगो स्थानिय तथा सुरक्षाकर्मिको सहयोगमा रातीको १२ बजे नियन्त्रणमा लिईएको थियो । खरले छाएको २ तले घर पुर्ण रुपमा क्षति भएको छ । घरमा रहेको सम्पुर्ण भाडा वर्तन, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यलय बरेङका अनुसार कुल ४ लाख बराबरको क्षति भएको जनाएको छ । मृतक विकको लास जलेर सनाखत गर्न समेत अपठ्यारो परेकोले लास जाँच गरि दाहसंस्कारको लागि मृतकका सहोदर भाई प्रेम विकको जिम्मा दिईएको र घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बरेङका प्रहरी निरिक्षक हरि बहादुर पुनले बताए ।