४ कार्तिक २०८३, मंगलवार

 

यसरी फेला परेको थियो चे ग्वेभाराको लाश

अमेरिकी र बोलिभियाली शासकहरुले क.चेको लाशलाई जसरी लुकाएका थिए, त्यसरी नै उहाँको डायरी बन्दुक , कलम दुईवटा हात , डेथ मास्क आदि पनि लुकाएर राख्न खोजेको थिए । तर ती सबैजसो वस्तुहरु चोरी हुँदै क्युबामा जाने क्रमलाई भने ती शासकहरुले पटक्कै रोक्न सकेनन् ।
क.चेको छापामार आन्दोलनमाथि भएको दमनकालमा बोलिभियाको गृहमन्त्री भइरहेका अन्तोनियो आग्र्वेदासले शुरुमा क.चेका दुवै हातहरु र डेथ मास्क चोरी गरेर एकजना बोलिभियाली पत्रकारमार्फत् क्यूवा पठाए । त्यसपछि बन्दूक कलम , लुगाफाटाहरुका साथै क.चेको प्रसिद्ध डायरी बोलिभियन डायरीको फोटोकपी पनि गोप्य रुपमा पठाउने काम उनले गरे । आफ्नो मन्त्री पद र जीउ ज्यानसमेत हत्केलामा राखेर यी सबै अमुल्य वस्तुहरु क्यबा पठाउने आग्र्वेदास पनि अन्तत ः देश छाडेर क्यूवामै शरण लिन पुगे । पहिलेदेखि नै सि.आई .ए.का गुप्तचरका रुपमा कार्यरत रहेका आग्र्वेदासले पछि गएर साम्राज्यवादको विरोधमा समेत काम गरे ।
अहिले क. चेका हातहरु डेथ , मास्क, कलम बन्दुकहरु क्यूबामा सुरक्षापुर्वक राखिएका छन् उता, के. चेको बोलिभियन डायरी को मुलकपी बोलिभियाकै सेन्ट्रल बैंकको भुँईभित्रको गोदाममा सुरक्षापुर्वक राखिएको छ ।
क्यूवाली सरकार र क्यूबामा बसोबास गरिरहेका क.चेको परिवारले क.चको लाशको खोजी गर्ने कार्यलाई यो २५ –३० वर्षको अवधिभरि जारी राखेको थिए । तर क.चेको लाशको बारेमा सामान्य सुराकसम्म नपाएको स्थितिमा यो खोजी अपुरै रहेको थियो ।
विगत् २८–२८ वर्षदेखि रहस्यको गर्भमै लुकाइराखिएको क.चको लाशसम्बन्धी रहस्य तब खुल्यो , जब उहाँको गिरफ्तारी , हत्या र लाश लुकाउने कार्यमा संलग्न बोलिभियाली जनरल मारियो भर्गासले आफ्नो पापमोचन गर्ने मनशायले आफ्नो मुख खोले ।
२८ वर्ष पछाडि क.चेको हत्यामा संलग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठुलो आँटका साथ भनेका छन् । चेलाई अत्यन्त गोप्य रुपमा गाडिएको स्थानको म प्रत्यक्षदर्शी हुँ र चे सम्बन्धी लाशको रहस्य म अब खोल्छु ।
धेरै समय वितिसकेको छ र अब विश्वले यो कुरा थाहा पाउनु पर्छ , भन्दै क.चेको छापामार आन्दोलनका विरुद्ध संचालित सैनिक अभियानमा संलग्न क्याप्टेन मारियो भर्गासले क.चेको जोवनी लेखक जो ली एण्डर्सनलाई अन्तवार्ता दिने क्रममा क.चेको लाश सम्बन्धी रहस्य खोलेको थिए । सान्ता क्रुज शहरको बाहिरी भागमा, पर्खालहरुले पुरै घेरिएको आफ्नो घरको बगैँचामा जो ली एण्डर्सनलाई अन्तवार्ता दिँदै उनले १९९५ को नोभेम्बरमा भने चेको लाश भ्यालेग्राण्डेको सामुहिक चिहानमा गाडिएको थियो । भ्यालेग्राण्डेको हवाइपट्टीभित्र उहाँको लाशलाई लुकाइएको थियो ।

त्यसबेला क.चेको छापामार संघर्षविरुद्ध बोलिभियाको आठौँ सैनिक डिभिजनका क्याप्टेन भई भ्यालग्राण्डेमा क्रियाशील रहेका मारियो भर्गासका अनुसार , क चेको लाश लाडिएको बेला केवल तीनजना मात्र प्रत्यक्षदर्शीहरु थिए । उनका अुनसार, अर्का प्रत्यक्षदर्शी मेजर गाइडो फ्लोरेसको मृत्यु भइसकेको छ भने अर्काे एकजना तिकोना थरको व्यक्ति अहिले पनि बाँचिरहेको छ ।
भर्गास सम्झँदै भन्छन् ११ अक्टोबरको रात , म र मेरा सहकर्मी सैनिक अधिकारी मेजर गाइडो फ्लोरेसलाई माथिबाट तिकोनालाई साथ लिएर चेको लाश गाड्न् आदेश आयो । मध्यरातमा तिकोनाले चे लगायतका ७ जना छापामारहरुको लाश फोहोर फ्याक्ने ट्याक्टरले राखेर भ्यालेग्राण्डेको हवाइपट्टीमा ल्यायो । त्यसपछि उसले एउटा ट्याक्टर ल्यायो । ट्याक्टरले सामुहिक चिहान खनेपछि उसले त्यो फोहोर फ्याम्ने ट्रकबाट फोहोर खसालेजस्तै लाशहरु चिहानमा खसाल्यो । पछि लाशहरु माथि छोपछाप गरियो र ट्याक्टर लाएर फेरि त्यो सामुहिक चिहानलाई सम्म पारियो ।
यो रहस्योद्घाटन बोलिभियाको स्थानीय दैेनिक ीब् च्बशयल र त्ज्भ् ल्भध थ्यचप मा प्रकाशित भएपछि यसले विश्वमै तहल्का मच्चायो । त्यसमाथि क.चेको छापमार समुहसँग प्रत्यक्ष मुठभेड गर्ने र उहाँलाई जिउँदै पक्रेर ला हिग्वेराको स्कुलमा ल्याएर बन्दी बनाउने क्याप्टेन , हाल रिटायर्ड जनरल गरी प्रादो सालोमनले पनि मारियो भर्गासके विचारलाई प्रमाणित गर्ने विचार पोखेपछि क.चेको लाश सम्बन्धी थप रहस्यहरु खुल्न थाले । रायटर समाचार एजेन्सीलाई दिएको अन्तर्वामा उनले भने चे ग्वेभारको केही भाग जलेको लाशलाई अरु छापामारहरुका साथ भ्यालेग्राण्डेमा गाडिएको कुरा सत्य हो । चेको लाश सामुहिक चिहानमा फ्याकिनुभन्दा अगाडि अर्जेन्टिनावासी गुप्तचर अधिकारीले उनका हातहरु काटेर लिएको थियो । एसोसियटेड प्रेसले क.चेको लाश लुकाइएको सामुहिक चिहान खन्ने र ट्रक चलाउने चिकोना थरका व्यक्तिबाट पनि मारियो भर्गास र गरी प्रादो सालोमनका विचारहरुलाई प्रमाणित गर्ने खालका तथ्यहरु फेला पारेको छ ।
दुई वर्षको अथक प्रयासपछि
क. चे लगायत अन्य छापामारहरुको लाशसम्बन्धी तीस वर्ष लामो रहस्य उद्घाटन भएपछि बोलिभियाली सरकारमाथि व्यापक दवाब आउन थाल्यो । सन १९६७ मा मारिएका छापामारहरुका परिवारजनहरुदेखि लिएर उहाँहरुप्रति सहानुुभुतिशील संगठन र सरकारद्धारा बोलिभियाली सरकारलाई लाश खोज्नका लागि यतिधेरै दवाब बढ्यो कि अन्तत ःसरकार झुक्नै प¥यो । बोलिभियाका राष्ट्रपति गोञ्जालो साञ्चेज डी लाजादाले देशभित्र र बाहिरबाट आएको दवाबलाई ध्यानमा राखी ती लाशहरुको खोजी गर्नका लागि आदेश दिए लाशहरुको खोजी गरेर उहाँका परिवारहरुलाई वुझाउनका लागि छुट्टुै कमिशन नै निर्माण गरे । मानव अधिकारसम्बधि संसदीय समितिका अध्यक्ष जआन डेल ग्रानाडोले लाशहरुको खोजी गर्नका लागि आवश्यक वैधानिक व्यवस्था मिलाउने र कमरेड चे लगायत सबै कमरेडहरुको लाश निकाल्ने दृढता प्रकट गरे ।
यही राष्ट्रपतीय कमिशनअन्तर्गत सन् १९९५ दखि क. चे लगायतका कमरेडहरुको लाशको खोजीगर्ने क्रमलाई तीव्र पारिएको थियो । यस कार्यमा क.चे जन्मेको देश अर्जेन्टिनाका फोरेन्सिक वैज्ञानिकहरुलाई लाशहरुको खोजी अभियानका लागि स्वीकृति दिएको थियो । पछि क.चेले क्रान्तिको सफल नेतृत्व गर्नुभएको देश क्यूबाका फोरेन्सिक वैज्ञानिकहरुका साथमा तीनजाना भु भौतिकविद्हरु पनि बोलिभियामा बसेर तेज गतिले खोजी कार्यमा लागिपरे । यो खोजी कार्यको नेतृत्व क्यूबाली इतिहासविद् तथा चे विशेषज्ञ तथा प्रसिद्ध समाजशास्त्री मारिण डेल कार्मेन अरियतले गरेकी थिइन् । यस कार्यमा क.चले शहादत प्राप्त गर्नुभएको देश बोलिभियाका सैनिकहरु अन्य देशका ६० भन्दा बेसी पत्रकारहरु र इतिहासकारहरुको पनि संलग्नता रहेको थियो । त्यसमा साथै , यस कार्यमा क.चेका नातेदारहरुका प्रतिनिधि जोर्गे गाञ्जालेज पनि लागिपरेका थिए ।
सन १९९५ डिसेम्बरको पहिलो हप्तादेखि उनीहरुले शरुमा भ्यालेग्राण्डे हवाइपट्टीका चारवटा क्षेत्रमा वैज्ञानिक ढंगले खोजबीन गर्न थाले । यसमा जीवजन्तु र मानवहरुको अस्थिपञ्जर खोज्न सकिने जियो राडार र अन्य वैज्ञानिक उपकरणहरुको सहयोग लिइएको थियो । त्यतिका दिनसम्म पनि केहि फेला नपरेपछि निराश भएर ११ दिन लामो यो खोजी अभियान बन्द गर्ने मनस्थिति बोलिभियाली सरकारले बनाउँदै गरेको स्थितिमा एउटा चिहानमा एउटा खप्पर र कंकालहरु फेला पेरेको खुशीको खबर फँैलियो । स्थानीय एकजना किसानले जमीनमुनी अत्यन्त कम गहिराइमा रहेको सो चिहानमा खोजीकर्ताहरु छालाको जुत्ता, कालो मोजा , तर लुगा र पाइन्ट केही नभएको अपरिचित अस्थिरपञ्जर फेला पारे । शुरुमा यसले क.चेकै अस्थिरपञ्जर हो कि भन्ने भ्रम सिर्जना ग¥यो , पछि गएर त्यो त बोलिभियाली छापामार जाइमे अराना अस्थिरपञ्जर पो रहेछ भन्ने कुरा थाहा भयो । त्यसपछि जुन १९९६ मा क्यूबाली छापामार कार्लाेस कोइल्लोको अस्थिपञ्जर पनि फेला पारियो ।
उक्त अस्थिपञ्जर फेला परेपछि क्यूबाली सरकारले क.चेसँगै शहादत प्राप्त गर्ने दर्जनौ क्यूबाली छापामारहरु सम्बन्धी तथ्य तथ्यांकहरुसहित सरकारी अधिकारीहरुको टोली नै भ्यालेग्राण्डेमा पठायो । त्यस्तै क. चेकी पत्नी अलैदा मार्च र छोरी अलैदा ग्वेभाराले अनुरोधमा क्यूबाली डाक्टर जर्ज गोञ्जालेज पनि त्यहाँको अनुसन्धान कार्यमा सहयोग गर्न बोलिभिया पुगे ।
त्यसपछिको खोजीको क्रममा ४ जना छापामारहरुको अस्थिपञ्जर पत्ता लगाइयो , तर क.चेको अस्थिपञ्जर खोज्न भने खोजीकर्ताहरु केही समयका लागि असफल नै भइरहे । यो स्थिति देखेर क. चेको लाश लुकाइएको ठाँउ सम्बन्धी रहस्यलाई पहिलो पटक उजागर गर्ने रिटायर्ड जनरल मारियो भार्गास सालिनास त भुमिगत नै थिए । उनले भुमिगत हुनुभन्दा अगाडि क.चेको चिहान रहेको ठाँउ राम्ररी याद नरहेको भ्रमपुर्ण बयानसमेत दिए । उनी यसरी वास्तविकतादेखि भाग्नुका पछाडि उनीदेखि रिसाएका उनका सहकर्मी सैनिक अधिकारीहरुको आक्रामक व्यवहार लुकिरहेको कुरा बताइएको छ ।
यसैबिच केही समयको लागि बन्द भएको खाजी अभियानलाई डेढ वर्ष अगाडिदेखि क्युवाली सरकारबाट पठाइएका फोरेन्सिक वैज्ञानिकहरु र इतिहासकारहरुको घच्घच्याइका कारण पुनः शुरु गरिएको थियो । यसै क्रममा १९६७ मा भ्यालेग्राण्डेमा तैनाथ सरकारी सैनिक अखडालाई सहयोग गर्ने र त्यही काम गर्ने १०० जना गाउँले एवं सैनिकहरुको अन्र्तर्वार्ता लिइयो र क.चेको चिहानको बारेमा वास्तविकता बुझ्ने थप प्रयास गरियो । खोजीकर्ताहरुले त्यहाँको भुमिको जियो थर्मल र जियो म्याग्नेटिक अध्ययन गर्नुका साथै बुल्डोजरको कारणले असन्तुलित भएको १० हजार स्क्वायर मिटर क्षेत्रको भुमिमा टोपोग्राफिकल सर्भे गरेर खोजी अभियानलाई अझ तेज र व्यवस्थित गरे । क.चेको अस्थिपञ्जर तुरुन्तै फेला नपरेको कारणले असन्तुष्ट भएका भ्यालेग्राण्डेका अधिकारुहरुले ६ हप्तासम्म खोजी कार्यलाई बन्द गरेर आफ्नो आक्रोश व्यक्त गरे ।
त्यसपछि वि.स २०५४ असार ५गतेदेखि मात्रै फेरि एकपटक क.चेको अस्थिपञ्जरको खोजीलाई तीवैतापुर्वक शुरु गरिएको हो । १० दिनको अथक प्रयासपछि क्यूबार अर्जेन्टिनाका वैज्ञानिकहरुसँगै कार्यरत बोलिभियाली कामदारहरुले एउटा नयाँ चिहान खन्दा अचानक ७ वटा अस्थिपञ्जरहरु फेला परे ।
२०५४ असार १४ गते बोलिभियाको दुर्गम शहर भ्यालेग्राण्डेको धुलाम्य हवाईपट्टीको छेउमा मानिसहरुको निकै भीडभाड थियो । त्यहाँ अनौठो हलचल थियो । त्यस दिन दुईवर्ष देखि क.चे र उहाँका सहकर्मी क्रान्तिकारीहरुको अस्थिरपञ्जरको खोजीमा लागिपरेका क्यूबा र अर्जेन्टिनाका वैज्ञानिकहरु तथा बोलिभियका कामदारहरुले सात सातवटा अस्थिपञ्जरहरु एकैचोटी एक ठाँउमा फेला पारेको थिए ।
आफुले खोजेको कुरा फेला परेको यस्तो खुशीको बेलामा पनि क्यूबा र अर्जेन्टिनाका वैज्ञानिकहर भने अत्यन्त गम्भीर मुद्रामा थिए । एउटा गहिरो खाडलमा भेटिएका सात सात वटा धुलाम्य अस्थिपञ्जरहरुमध्ये एउटा त पक्कै पनि क. चे ग्वेभाराको हुनुपर्ने कुरामा विश्वस्त वैज्ञानिकहरु अस्थिपञ्जर नं.२ लाई गम्भीर रुपले नियालीरहेका थिए । त्यो अस्थिपञ्जर माटोमा घोप्टो परेको थियो । र , अस्थिपञ्जरको खप्परलाई हरियो जैतुन रंगको थोत्रो सैनिक ज्याकेटको अन्तिम पटक गिरफतार गरिंदा लिइएका फोटाहरु क.चेले लगाइरहनु भएको ज्याकेटसँग मिल्दोजुल्दो थियो ।
अस्थिपञ्जर नं.२ मा दुवै हातका हड्डीहरु पनि नभएको देखेपछि ती वैज्ञानिकहरुलाई सम्झना भयो घाइते अवस्थामा गिरफ्तार गरिएका क.चेको निर्मम हत्या भएपछि उहाँका दुबै हातहरु काटिएका थिए ।
क.चेले लगाउनु भएको जस्तो ज्याकेट र दवै हातका हड्डीहरु नभएको अस्थिपञ्जर फेला परेको तथ्यमा सबैजना विश्वस्त भए । त्येसैले अस्थिपञजर नं.२ बाट हरियो थोत्रो ज्याकेट हटाउनुभन्दा अगाडि क्यूबाली वैज्ञानिकले आफ्नो देशका क्रान्तिका एक महान नायक के.चेको कंकालप्रति क्यूबाली वैज्ञानिकको यो हार्दिक सम्मान देखेर क.चेको अस्थिपञ्जर हेर्न त्यहाँ जम्मा भइरहेको स्थानीय जनता, पत्रकारहरु कामदारहरु र अन्य वैज्ञानिकहरु बीच गहिरो मौनता छायो ।
जब उक्त क्यूबाली वैज्ञानिकले अस्थिपञ्जर नं.२ बाट ज्याकेट पुरै हटाए, तब जोर्गे गोञ्जालेज , हेक्टोर सोतो र रोबर्टाे रोडिग्वेजलगायत कैयौं क्यूबाली वैज्ञानिकहरु सँक्क सुँक्क रुन थाले । दुईजना क्यूबाली वैज्ञानीकहरु त अंकमाल गरेर घुरुघुरु नै रोए , आफ्ना क्रान्तिकारी नायकको अस्थिपञ्जर हेर्दै ।
अर्जेन्टिनाका वैज्ञानिक प्याट्रिसिया बर्नार्डीका अनुसार , त्यसबेला क्यूबालीहरु मात्रै होइनन् सबैजना भावविव्हल भएका थिए। अलेक्ज्याण्डो इन्काउरेगुइ र कार्लाेस सोमिग्लियाना जस्ता अर्जेन्टिनाका वैज्ञानिकहरुले पनि आफ्नो मन थाम्न सकेनन् ।
क्यूबा , इटाली र अर्जेन्टिनाका वैज्ञानिकहरु बोलिभियाका जनता र पत्रकारहरु भावविव्हल हुनुका पछाडि दन्त्यकथाका नायक जस्तै हुनु भएको क.चे ग्वेभाराको संघर्षपुर्ण क्रान्तिकारी जीवन र बलिदानीपुर्ण मृत्युले काम गरेको थियो । त्यसमाथि , निर्ममतापुर्वक हत्या गरिएका क.चेको लाश कहाँ लुकाइएको थियो भन्ने करो तीस वर्षसम्म पनि रहस्यको गर्भमै राखिएको तथ्यले पनि भुमिका खेलेको थियो । यस्तो स्थितिमा क.चेको अस्थिपञ्जर भेटिंदा र त्यो आफ्नै आँखाले देख्दा कस्को मन नपग्लीकन पत्थर झैँ रहन सक्थ्यो र ?
ती सातवटा अस्थिपञ्जहरुलाई सान्ता क्रूज शहरको नुयेस्ट्रो सेनोर डे माल्टा नामक जापानीज अस्पतालमा लगेर सम्पुर्ण हिसाबले जाँचबुझ गरियो । एकजना फोरेन्सिक विशेषज्ञ वैज्ञानिकले कम्प्युटरको स्क्रीनमा सुपर इम्पोजिङ प्रविधि प्रयोग गरी फेला परेका अस्थिपञ्जरहरको आधारमा छापामारहरुका काल्पनीक कम्प्युटर फोटोहरु निर्माण गर्न थाले । अरु वैज्ञानिकहरु कंकालहरुको एक्स–रे गरेर गोलीले क्षतिग्रस्त ठाँउहरुको जाँचबुझ गर्नतिर लागे र सन १९६७ मा भएको हत्याकाण्डमा परेका छापामारहरुका लाशहरुको बारेमा बोलिभियाली सैनिकहरुद्धारा तयार गरिएको विस्तृत रिपोर्ट सँग दाँजेर हेर्न थाले ।
अस्थिपञ्जर नं.२ का दुई वटै हातका हड्डीहरु हराइरहेको , ७ वटा अस्थिपञ्जरहरुमध्ये त्यसैको हड्डी मात्रै गोलीद्धारा टुक्राटुक्रा नभएको , क.चेको डेन्टल रिकर्डसँग अस्थिपञ्जर नं. २ को दाँत सम्बन्धी रिपोर्टमा पुरै समानता रहेको देखेपछि असार २६ गते ती सबै वैज्ञानिकहरु सुुखद निष्कर्षमा पुगे अस्थिपञ्जर नं. २ पक्कै पनि क. चेकै हो ।
सम्पुर्ण हिसाबमा बोलिभियाली हत्याराहरुद्धारा निर्ममतापुर्वक हत्या गरिएका क.चे ग्वेभारको लाश तीस तीस वर्षसम्म कहाँ लुकाइएको थियो भन्ने कुरा विश्वभरिकै लागि रहस्यको विषय भइरहेको थियो । हिजोसम्म ती हत्याराहरुले क.चे ग्वेभारको लाश लुकाएर क.चेको हत्या सँगसँगै ल्याटिन अमेरिकी क्रान्तिको मृत्यु भएको सपना देख्दै चैनसँग सुत्न चाहेका थिए ।
तर , अन्ततः तीस तीस वर्षसम्म हत्याराहरुद्धारा लुकाइएको क.चे ग्वेभाराको लाशसम्बन्धी रहस्य उद्घाटित भएको छ । र , क.चे ग्वेभाराको निर्मम हत्या गरेर उहाँको लाशलाई गोप्य रुपमा गाड्ने हत्याराहरुको भण्डाफोर भएको छ । विश्वमाथि हैकम चलाउन खोज्ने अमेरिकी साम्राज्यवादको विरुद्ध, दुई तीन चारवटा भियतनामहरु निमार्ण गर्दै ल्याटिन अमेरिकामा महादेशीय क्रान्तिको उद्घोष गर्ने क.चे ग्वेभाराको चर्चित अस्थिरपञ्जरले फेरि एक पटक अमेरिकाको घाँटी समातेको छ ।
(राजेन्द्र महर्जनद्धारा लिखित चे ग्वेभारा विश्वक्रान्तिका नायक पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung