४ कार्तिक २०८३, मंगलवार

 

सन्दर्भ खाद्य दिवस : विश्व खाद्य दिवस र नेपाल

राजेशचन्द्र राजभण्डारी 

अाज हामीले बिश्व खाध्य दिबस धुमधामका साथ देशभरी मनाइ रहेका छाै ।हाम्रो देशको पहिचान के हाे हामीले धेरै पहिला नेपाल लाई कृषि प्रधान देश भनेर चिन्ने गर्दथ्थाै अहिले हाम्रो देशको नारा परिवर्तन भएको हाे त हामी अहिले नुन दाल चामल सबै बेसाएर खाने भएका छाै ।अहिले हामी कृषि प्रधान देश नेपालका जनता हैन अहिले हामी सबै सबै कुरामा  बिदेश तर्फ निर्भर भएका छाै ।अहिले हामीले हाम्रो देशमा भएको कृषि उपजनी बिदेश लाई हैन बिदेशमा भएको उपजनी किनेर ल्याएर खाने अबस्थामा पुगेका छाै ।

अहिले हामीले बिश्व खाध्य दिबस मनाउदै गर्दा हामीले भन्ने नारा के छ त अहिले सायद हामी कुनै जमानामा कृषि प्रधान देश थियौ हामीले हाम्रो देशमा बढी भएको चामल मकै गहुँ बिदेशमा लगेर बिक्री गर्ने गर्दथ्थाै अहिले पनि देश कृषि प्रधान नै हाे तर नामको मात्रै अहिले हामीले हिजो खेती गर्ने जग्गा जमिन कित अधिकांश बाझाे छ कित अहिले गाउँ देखि शहर सम्म सबै घडेरी प्लटिङ गरेर चिराचिरा पारिएको छ ।

नेपाल सरकार छ कि छैन भनेर शाेध्याे भने सबैले सहजरूपमा जवाफ दिन्छन् देशमा सरकार छ मन्त्रीकाे कुरा गर्ने हाे भने अहिले जिल्ला जिल्लालाई मात्रै हैन गाउँ गाउँ लाई समेत मन्त्री बनेका छन् ।देशमा कृषि मन्त्री बन्छन् असार १५ मा धान दिबसमा राेपाइ गर्न जान्छन् धान राेप्छन मन्त्री ज्यु ले महिला संग रमाइलो गर्न खाेज्छन् अनि देशमा मन्त्री फेरिन्छ कृषिकाे बिकास नभए पनि धान दिबसमा राेपेकाे धान हिउँदमा राम्रोसँग फले पनि नफलेपनि न त मन्त्री लाई केही चिन्ता छ न त कृषि बिकास कार्यालय लाई कुनै पश्याताप नै छ ।

अहिले देशलाई चाहिने चामल दाल लसुन तरकारी खसी बाेका तिहार लाई चाहिने फूल समेत बिदेश बाट अाउने भए पछि कसैलाई केही चिन्ता भने छैन ।अहिले त खाली हातमा पैसा भए पुग्छ हामीलाई चाहिने सामान अहिले बजारमा जति बेला पनि सहजै पाइने भए पछि किन यहाँ खेती गरेर टाउको दुखाइ राख्नु पर्या ।

अहिले देशमा दिबसकाे कुरा गर्ने हाे भने न त गनेर साध्य छ न त भनेर साध्य छ एक बर्षमा ३६५ दिन हुन्छन् त्यो भन्दा बढी दिबस पर्छन् अहिले खाध्य दिबस मनायो फेरि अर्को साल दिबस मनाउने बेलामा मात्रै थाहा हुन्छ हामीहरू लाई अहिले दिबसहरू पनि खाली अाैपचारिकता मात्र भएको छ खाली मनाउनकाे लागि मनाउने यस्तो खालको नीति ले हामीले के प्रगति गर्न सक्छौ ।

अनि देशलाई कसरी अात्मानिर्भर बनाउन सक्छौ अनि कसरी हामी खाध्यन्न देशमा उत्पादन गर्न सक्छौ कसैलाई केही मतलब छैन न त चासाे नै  ।

देशमा ठुलो राजनीति परिवर्तन भए देशबाट २४० बर्ष पुरानो राजतन्त्रकाे अन्त्य पनि भयो तर अहिले खाली राजनीति मात्रै परिवर्तन भयो तर देशकाे बिकास गर्ने कुरामा भने कुनै नीति परिवर्तन भए जस्तो लागेन जहाँ जुनसुकै ठाउँमा हेर्दा पनि अाशा लाग्दाे ठाउँ देखिदैन अहिले पनि देशको ठूलो जनशक्ति   बिदेशमा गएका छन् ।

दिनहुँ १५ सय युवा राेजगारीकाे लागि बिदेश गै रहेका छन् यिनिहरू लाई स्वदेश मै राेजगारी दिने हाम्रो सरकार संग न त कुनै कार्यक्रम छ न त नीति नै छ भने अहिले सरकारले सबैभन्दा सजिलो ब्यापार छ भने सरकारले राहदानीकाे ब्यापार गर्न भने भ्याइनभ्याई छ ।

बिदेश जान खाेज्ने युवालाई सरकारले भनेकाे समयमा राहदानी डबल पैसा दिदा  समेत उपलब्ध गराउन सक्दैन  भने यहाँ राेजगारी दिने  कुरा त धेरै परकाे बिषय  भयो । हामी कृषि प्रधान देशका जनता किन अाज यस्तो अबस्थामा पुग्यौं त भन्ने कुराकाे हेक्का राख्ने कसले जसले देश र जनताको पक्षमा नीति बनाउने हाे उसलाई अहिले फुर्सद छैन सरकार परिवर्तन गर्ने र मन्त्री बन्ने खेल कै कारण पनि कुनै कृषि नीति सफल छैन ।

अहिले हाम्रो सरकारकाे काम भनेकाे दलालीकाे मात्रै भएको छ बिदेशीकाे सामान बिक्री गरिदिने मध्यस्थता गरिदने । हाम्रो देश साच्चिकै कृषि प्रधान हाेइन भने अब देखि यो पुरानो नारा लाई हटाउनु जरुरी छ ।हाेइन भने सधैं सधैं नुन देखि चामल तरकारी सबै बिदेश बाट अायात गर्ने हाे भने भाेलिका दिनमा कसरी हामीले हाम्रो छाेराछाेरी लाई बिहान बेलुकी भात खुवाउने त्यो बिषयमा पनि अहिले देखि गम्भीर बन्न जरुरी छ  ।अहिले भएको हाम्रो खेतबारी सबै बाझाे राखेर अहिले युवा जनशक्ति बिदेश गएपछि गाउँमा भएका परिवार समेत शहर बजार झरेपछि गाउँमा झन अबस्था नाजुक बन्दै गैरहेकाे छ  ।

सबै हामी बजार मुखी बनिसकेका छाै बजार केही कुरा पाइएन भने हाम्रो घरमा चुल्हो बल्दैन अाफ्नाे करेसा बारी बरू खाली हाेस् तर हामीले हामीलाई चाहिने सागपात पनि उमार्नतिर लाग्दैनाै अहिले काम गरेमा हामीले हाम्रो इज्जत मान प्रतिस्था घटेको महसुस गर्दछौं ।हाम्रो अाफ्नाे पनि कमिकमजाेरी छन् हामीले सबै दाेस सरकारलाई राजनीति पार्टी लाई दिएर पन्छिन खाेज्छाै अहिले हामीले बहस गर्नुपर्ने बिषय देशलाई कसरी स्वाधीन बनाउने कसरी अात्मनिर्भर बनाउने भन्ने तर्फ नै हुन जरूछ ।

सधै सधैं हामीले किनेर खाने बानी भए भाेलिका दिनमा ले भित्र्याउन सकेका छाै । छिनछिनमा परिवर्तन हुने सरकार परिवर्तन भएपिच्छे नीति फरक अस्थिर राजनीति कै कारणले पनि देशमा भएको उद्योग धन्दा कलकारखाना समेत सहजरूपमा चल्न सकेका छैनन् ।बन्द हडताल भन्ने कुरा त सामान्य नै भयो देशमा गणतन्त्र अायाे अब देश मै काम गरेर खानपाइने भयाै भनी खुशी भएका नेपाली युवा जनशक्ति अहिले निराश बनेको समयमा अहिले बामपंथी र प्रजातान्त्रिक शक्ति बिच हुनलागेको ध्रुवीकरण ले देशमा स्थायी सरकार बन्ने नयाँ अार्थिक कार्यक्रम अगाडि अाउने अाशा पनि पलाएको छ ।

हामीले हिजोका दिनमा धेरै  गफचुटेर खायौं अब भने देशमा ७ वटा प्रदेश बनिसकेको छ भाेलि प्रदेश सरकार चलाउन बिकास गर्न पनि बजेट चाहिन्छ त्यो कसरी पुर्‍याउने भन्ने नीति बनाउन जरुरी छ । सधैं सधैं मागेर देशकाे बिकास हुन सक्दैन अब अाफ्नाे गाउँ काे बिकास गर्न क्षेत्र काे प्रदेशलाइ अात्मनिर्भर बनाउन पनि अब रास्ट्रबादी अर्थनीति नबनाई हुदैन खाली बिदेशीले दिएको ऋण र अनुदानले देश चल्न सक्दैन ।

अहिले हाम्रो रास्ट्रवाद भनेकाे सन्यासीकाे जस्तो भएको छ पशुपतिनाथमा गएर खान दिए पशुपतिनाथ काे जय भन्ने गाेरखनाथमा गएर खान दिए गाेरखनाथकी जय भन्ने रास्ट्रवाद भए सम्म देशको बिकास हुन सक्दैन ।अब साच्चिकै देशमा अार्थिक बिकास गर्न सबै कम्मर कसेर लाग्न जरूरी छ  ।देश धनी नभए सम्म हामी नेपाली कहिले पनि धनी हुन सक्दैना‌‌ै देश धनी भए मात्रै हामीलाई बिश्वले हेर्ने दृस्ठिकोण पनि परिवर्तन हुन्छ हाम्रो देशका पुर्ब प्रधानमन्त्री मन्त्री नेताहरू बिदेश जादाखेरी किन तल्लो तहकाे व्यवहार गर्छन् बिदेशीहरूले भन्दाखेरी हाम्रो देश गरिब भएर हाे हामी सधैं बिदेशी संग मागेर खाने भएको हुनाले पनि सधैं हेपिएका हाै ।

हामीलाई एक बर्षमा कति चामल, गहुँ, काेदाे, मकै चाहिन्छ अहिले देशमा कति उत्पादन हुन्छ भन्ने सहि तथ्यांक पनि हामी संग छैन । अब सबै कुरालाई मनन गरेर अगाडि बढ्न जरुरी छ ।अब गफ हैन काम गरेर देखाउन सकेमात्र अहिले भएको एकता सार्थक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung