
राजेशचन्द्र राजभण्डारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले राजधानीमा खुला सभागरी देश भित्र भएको भ्रष्टाचारीकाे सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने भनेपछि अहिले देशमा माैसम परिवर्तन संगै जाडाेले बिस्तारै छाेइरहेकाे समयमा नेकपा का महासचिव नेत्रबिक्रम चन्दकाे भाषणले यतिबेला देशका भ्रष्टाचारीकाे पसिना अाउन शुरूभएकाे छ ।
‘विप्लव’ले नेकपाले अक्टोबर क्रान्ति १०० बर्ष पुगेको अबसर पारेर गरेको जनसभामा गरेको अभिब्यक्ती भ्रष्टाचारी लाई पाटा फर्काउनु पर्ने मात्रै हैन उनिहरूले जम्मा पारेको सबै सम्पत्ति राष्ट्रियकरण गर्न सरकार लाई अाग्रह गरे यसलाई सकारात्मक रूपमा हेर्न जरुरी छ ।
अहिले हाम्रो देश बिगि्रएको भत्किएको सबै भ्रष्टाचार नातावाद कृपाबाद फरियावादले नै हाे भन्ने कुरा दिनकाे घामझै छर्लङ्ग छ तर समाधान भने अहिलेसम्म भएको देखिदैन ।हामीले १०४ बर्षिय राणा शासनको बिराेध गरेउ देश डुबाने काम जनतालाई शाेषण गर्ने काम भएको भनी तर अहिलेसम्म हामीले राणा शासनको समयमा भएको बिकास लाई उपभाेग गरि रहेका छाै ।देशमा ३० बर्ष सम्म राजाले पंचायती ब्यबस्था चलाए हामीले भ्रष्टाचार भएको राजाको शासन भएर हाे देशमा प्रजातन्त्र अायाे भने जादु मन्त्र भै हाल्छ भनेकाे नसुनेकाे पनि हैन तर पनि देशमा भ्रष्टाचार हुन भने छाडेकाे छैन ।
नेपालमा सयाै गैर सरकारी संघसंस्था छन् तिनले देशमा भ्रष्टाचार भएको कुरा उठाउन छाडेकाे छैन दिनहुँ राजधानीकाे सानो कार्यक्रम देखि तारे हाेटल सम्म सराेकारवाला लाई राखेर अावाज उठाउने गरेपनि अहिलेसम्म देशमा भ्रष्टाचार घट्ने भन्दा झन बढेर गैरहेकाे छ । नेपाल पनि धेरै भ्रष्टाचार हुने देशमा पर्ने गर्छ कारण राजनीतिमा अपराधी करण दलाली करण भ्रष्टाचार कै बाेलबाला भएकोले पनि अहिले खुलेअाम भ्रष्टाचार हुने गरेको छ ।
अहिले साना कर्मचारी देखि मन्त्रालयका प्रमुख सांसद मन्त्री प्रधानमन्त्री नेता सबै स्वच्छ छबिकाे पाउन गार्हो छ ।अहिले हामी जसरी हुन्छ पदमा पुग्ने अनि पैसा कमाउने भन्दा अर्को मानसिकता नेपालीमा देखिदैन ।
सरकारले भ्रष्टाचारलाई राेक्न भ्रष्टाचारीलाइ कार्वाही गर्ने एेन कानुन नियम अदालत सबै बनाएको छ तर खै त भ्रष्टाचार राेकिएकाे भनी प्रश्न गर्दा यसकाे जवाफ दिन कसैले पनि सकेको छैन ।
निजि सम्पत्तिकाे जड नै भ्रष्टाचार संस्थागत बनाउनु हाे । देशमा शिक्षा स्वास्थ महंगो छ बजार भाउकाे कुरा गर्ने हाे भने भनेर साध्य छैन
सरकारकाे हातमा बजार छैन राेजगारी काे कुरा त अाकाशकाे फल नै भएको अबस्थामा भएको जनशक्ति बिदेश जानुभन्दा अर्को बिकल्प पनि छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान अायाेग अहिले देशमा छकि छैन कसैलाई थाहा छैन देशमा भएकाे ठुलो भ्रष्टाचार बारे यसलाई नजर लगाउने फुर्सद छैन ।अख्तियारमा जेजस्तो भएपनि लाेकमान सिंह कार्कीले यहाँ भएका भ्रष्टाचारी लाई तह लगाउदै अाएकाे थियो तर हाम्रो देशकाे सरकार लाई सांसदहरूलाई नेताहरूलाई लाेकमान घाडाे भयो अनि उनलाई कार्बाही हैन महाभियोग लगाउने काम भयो तर त्यसलाई समेत पार लगाउन नसके पछि सर्बोच्च अदालतले लाेकमानलाइ हटाउने काम भयो ।
अहिले भ्रष्टाचार र भ्रष्टाचारी लाई सजिलो भएको छ ।हिजो नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का चिरञ्जीवी कुमार वाग्ले भ्रष्टाचारी ठहर भै जेल सजाय समेत भाेगेर निस्केका हुन् अहिले पनि सुदान घाेटाला प्रकरणमा प्रहरीका पुर्ब प्रमुखहरू जेल सजाय भाेगिरहेका छन् ।
अहिले नेकपाका महासचिव नेत्रबिक्रम चन्दले राजधानीमा सभा गरेर भ्रष्टाचारी लाई कार्बाही सम्पत्ति रास्ट्रियकरण गर्ने जुन मुद्दा उठाइ रहेकाछन् त्यसलाई सबैले साथ दिन जरुरी छ ।
नेपालमा सानालाई ऐन ठूलालाई चैन भने झै भएको छ भ्रष्टाचारकाे मामिलामा नेपाल अायल निगमका कार्यकारी प्रमुख गाेपाल बहादुर खड्का चुडामणि शर्मा जसले देशमा करोडौं रकम भ्रष्टाचार गरेर देशलाई जनतालाई हानी पुर्याउने काम गरे तर न त अख्तियार ले छुन्छ न त अदालतले राम्रोसँग हेर्छ अबस्था यस्तो छ ।
जसले खुलेअाम सरकार लाई ठग्छ रास्ट्रलाई हरिकंगाल बनाउछ उसलाई छुदैन अख्तियारले अहिले दशहजार बीस हजार घुस खाने कर्मचारी छाेपेर ठूलो बहादुरी गरेको भनी मिडियामा हंगामा गरिरहेका छन् कती अचम्मकाे छ हाम्रो देश जसले दिउँसो खुलेअाम लुट्छ उसलाई यहाँ छुट छ राज्य बाट सम्मान छ जसले देशलाई जनतालाई राम्रो बनाउने भनेर लागि परेका छन् उसलाई भने कसैले सम्झने जरुरी ठान्दैनन् यस्तो समयमा नेत्रबिक्रम चन्दले अगाडि सारेकाे मुद्दाले कति महत्त्व राख्छ भन्ने हाे अहिले राजनीतिदलहरूकाे खेती पनि बुझिनसक्नु हुन्छ ।दुई चार जना भ्रष्टाचारीलाइ कालाेमाेसाे दल्ने अनि अर्को थरि भ्रष्टाचारी संग चन्दा लिने गरेको पनि भेटिन्छ ।
अहिले छाेरी कुटेर बुहारी तर्साउने खेलखेलिनु हुदैन साच्चै अहिले भ्रष्टाचार र भ्रष्टाचारी संस्थागत हुदै गैरहेकाे छ ।अहिले हामी कुन ब्यबस्थामा छाै बहुदलीय ब्यबस्थामा जसलाई बिश्वकाे राम्रो ब्यबस्था भनेर अाफुलाई प्रजातान्त्रिक हिमायतीहरूले प्रचारप्रसार गर्ने गर्छन् तर नेपालमा अहिले पंचायतकालमा भन्दा पनि धेरै भ्रष्टाचार भैसकेको छ ।बिदेशी ऋणको कुरा गर्ने हाे भने त्यो अहिले सम्मकाे तथ्यांकले स्पष्ट पारिसकेको छ ।
मित्र रास्ट्र चीनमा भएको चीनकाे कम्युनिस्ट पार्टीको महाधिवेशन बाट निजी सम्पत्तिको जड नै भ्रष्टाचार भएको ठहर गरेकाे छ ।हामीले निजी सम्पत्ति कति राख्ने यसकाे निश्चित मापदण्ड हुन जरुरी छ सम्पत्तिको स्राेत अाम्दानीकाे स्राेत स्पष्ट सबैले बुझिने गरि राख्ने ब्यबस्था बनाउनुु पर्छ ।
साच्चै देशबाट भ्रष्टाचार मुक्त गर्ने हाे भने भ्रष्टाचारीकाे सम्पत्ति मात्रै रास्ट्रियकरण हैन सबै नेपालीकाे सम्पत्ति रास्ट्रियकरण गर्ने नीति बनाउन सक्यौं भने मात्र त्यो संभब हुन्छ ।हैन भने खाली ठूलो गफ चुटेर मात्र देशबाट भ्रष्टाचार हट्ने हैन ।भ्रष्टाचार किन के कारणले हुन्छ भन्ने कुरालाई मनन गरेर देशले त्यो खालको नीति नियम बनाउने हिम्मत अब बन्ने केन्द्रीय सरकार प्रदेश सरकारले बनाउन जरुरी देखिन्छ ।
भ्रष्टाचारीलाइ टिकट टिकट दिदा खेरि लाखौं चन्दा चुनाव जित्न करोडौं रकम खर्च अादी अादी कारणले भ्रष्टाचार घट्ने भन्दा झन संस्थागत हुने देखिन्छ ।यस्तो खालको ब्यबस्था भए सम्म हामीले यहाँ सुधारकाे कुनै अपेक्षा राख्नु बेकार हुनेछ ।