४ कार्तिक २०८३, मंगलवार

 

वामपन्थी गठबन्धन र अधिनायकवाद  

राजेशचन्द्र राजभण्डारी 

मुलुक अहिले दुई ध्रुबमा बिभाजन हुदै गैरहेकाे छ ।मंसिर १० र २१ गते हुने निर्वाचन लाई लक्षित गरेर बामपंथी गठबन्धन र लाेकतान्त्रिक गठबन्धन बन्ने क्रम चलिरहेको छ ।नेकपा एमाले र माअाेबादी केन्द्र बिच बामपंथी गठबन्धन संगसंगै पार्टी एकता गर्ने घाेषणा भए पछि अहिले अाफुलाइ मुलुककाे सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति भनेर दाबी गर्ने नेपाली काङ्ग्रेसले मुलुकमा अब अधिनायकवाद अाउने मुलुक अब साम्यवाद तर्फ उन्मुख भएको भनी राेइकराइ गर्न शुरू गरेकाे अहिले संचार माध्यममा अाइरहेकाे छ । बामपंथी माेर्चा बने पछि नेपाली काङ्ग्रेसले अाफ्नाे बिचार मिल्ने शक्तिहरू बिच प्रजातान्त्रिक माेर्चा बनाउन शुरू गरिसकेका छन् ।

देशमा २०६२/६३ काे दाेस्राे जनअान्दाेल पछि ठूलो राजनीति परिवर्तन नभएको हैन तर नेपाली जनताको जीवन स्तरमा कुनै परिबर्तन भने अाउन सकेन खाली देश भागबन्डामा गयो ।राजदूत दलिय भागबन्डा अदालतमा जनतालाई स्वच्छ स्वतन्त्र रूपमा न्याय दिने न्यायाधीश पनि भागबन्डा मन्त्री प्रधानमन्त्री काे कुरा  त सामान्य नै हुने भै हाल्यो प्रहरी प्रमुख भागबन्डा हुने देशमा कसरी बिकास हुन्छ ।कसरी सुधार हुन्छ यहीँबाट स्पष्ट देश कुन दिशातर्फ बढीरहेको छ भन्ने कुरा ।९/९ महिनामा फेरिने सरकार देश र जनताको लागि बाेझ बनेकाे  ५ दर्जन भन्दा बढी मन्त्री सबै लाइ हेर्दा देशमा राजनीति अस्थिरता कै जड हाे भन्ने स्पष्ट छ ।

अहिले देेशकाे पहिलो पार्टी नेेकपा एमाले र हिजो जनयुद्ध गरेर अाएकाे पार्टी माअाेबादी केन्द्र बिचकाे बामपंथी गठबन्धन संगै पार्टी एकता बाट सबैभन्दा बढी नेपाली काङ्ग्रेस अात्तीएकाे हतास मनस्थितिमा पुगेको उनकाे काम व्यवहार गतिविधिले देखाएको छ ।एमाले र माअाेबादी केन्द्र ले नेपालकाे मिल्न सक्ने बामपंथी पार्टी बिच सके पार्टी एकता नसके बामपंथी माेर्चा बनाएर यसपटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा टिकट बाडफाड गरेर निर्वाचन अभियानमा लागेपछि नेपाली काङ्ग्रेसलाई छट्पटी शुरू भएको देखिन्छ ।

देशमा राजतन्त्रको अन्त्य गणतन्त्र संस्थागत भए पछि हुन लागेको निर्वाचन अाफैमा महत्त्वपूर्ण छ ।७ वटा प्रदेश र केन्द्रमा चुनाव लड्ने अाकांक्षीले टिकट पाएर पनि अहिले जनताको घर दैलाेमा मत माग्न हिडिरहेका छन् ।तर चुनाव हुने कि नहुने चुनाव सर्ने हल्लाले पनि यतिबेला केही अन्याैलता भने छाएको छ ।बामपंथी दलको एकता पछि नेपाली काङ्ग्रेस निकत लाेकतान्त्रीक गठबन्धन कमजोर भएको अाकलन गरेर चुनाव हार्ने सरकार नबन्ने रिपोर्ट लाई अाधार मानेर अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने बहाना खाेजिरहेका छन् ।कहिले अाफै बाेलेर कहिले सर्बोच्च अदालत लाई अगाडि सारेर अनेक खालको हदकन्दा अपनाउन पछि परेका छैनन् ।तर पनि निर्वाचन लाई प्रभावित पार्न भुमिका भने खेलिरहेका छन् ।

बामपंथी एकता भए देशमा अधिनायकवाद अाउने भनेर जुन प्रचार प्रसार गरिरहेका छन् त्यसको ठिक बिपरित काम अहिले अाफुलाइ प्रजातान्त्रिक मसिहा बताउने अहिले देशका प्रधानमन्त्री शेरबहादुर ले अाफैलाई प्रधानमन्त्री बनाउने पार्टीका मन्त्रीहरूलाई घरमा राखेको नाेकर जस्तो गरि बिनाबिभागीय बनाउने काम गरेका छन् यो अधिनायकवाद हाे कि हैन ? प्रश्न गर्ने ठाउँ थुप्रै छन् अहिले प्रजातान्त्रिक गठबन्धन बलियो नहुदा त यस्तो किसिमको निच हरकत गर्न पछि नपर्ने प्रजातान्त्रिक शक्ति छन् अनि भाेलि गएर बामपंथी साम्यवाद तर्फ उन्मुख हुन्छन् भन्नू दुनियाँ लाई दिउँसै रात पार्ने भन्दा अर्को केही पनि हैन ।

अहिले देश बिग्रेको सबै ठाउँमा राजनीति भएर हाे राजनीतिमा अपराधीकरण अपराधमा राजनीतिकरण नै प्रमुख समस्या हाे । देशको संविधानले २५ जना मन्त्री बनाउन सकिन्छ भनेर लेखिएको छ तर अहिले अाफ्नाे सरकार टिकाउनकाे लागि ५ दर्जन मन्त्री बनाउने काम अाफुलाइ प्रजातान्त्रिक भन्ने अाफैले गरिरहेकाे सारा दुनियाँले देखीसकेका छन् ।सबैले अाफ्नाे अनुकूलकाे मात्रै कुरा गर्ने राजनीतिमा इमानदारीता भनेकाे देखिएन ।सबै झुठ बैमानीमा चल्ने भए पछि कसरी हुन्छ बिकास देशमा ।

अहिले बामपंथी गठबन्धन भए पछि यसपटकको निर्वाचनमा चुनावमा जाने राजनीति पार्टी पनि पहिलाको तुलनामा ह्वात्तै घटेको देखियो निर्वाचन अायाेगले बनाएको नीति नियम ३ प्रतिशत मतको थ्रेस हाेल्डले साना तिना पार्टी अहिले मर्ज हुन शुरू भैसकेको छ यसलाई हामीले सकारात्मक रूपमा लिन जरुरी छ ।

अहिले हुने निर्वाचनमा कुनै पनि राजनीति दलको बहुमत नअाउने अनि निर्वाचन पछि जहिल्यै पनि मिलिजुली सरकार अनि सरकार बनाउन मन्त्री राेजेर खाेजेर दिनुपर्ने चलनकाे भने अब अन्त्य हुन जरुरी देखिन्छ ।अहिले भएको बामपंथी र प्रजातान्त्रिक गठबन्धनकाे ध्रुबीकरणले अब निर्वाचन पछि जुनसुकै दलले निर्वाचन जिते पनि अब बहुमतीय सरकार बन्ने निश्चित देखिन्छ ।
अहिले बामपंथी गठबन्धन बाट काेही पनि भर्खरै अात्ती हाल्नु पर्ने अबस्था छैन अहिले जाे जाे संग मिल्न सक्छन् त्यो शक्ति उसैसंग मिलेर जाने हाे अहिले भर्खरै साम्यवाद अाइहाल्ने पनि हैन अधिनायकवाद अाउने पनि हैन नचाहिने हल्ला मच्चाउन जरुरी देखिदैन ।

साच्चै अहिले देशमा अराजकता बढेको छ ।मनपरि तन्त्र बढेर गएको छ खै के काे हाे राज्य भने झै भएको समयमा अब जसले निर्वाचन जितेपनि अब देशलाई निकास दिने काम गर्न जरुरी छ ।केही समय अलिकति कडा शासन चलाएर देशलाई एउटा गतिमा लग्ने काम गरि बेरोजगार युवालाई जनशक्ति लाई यहीँ स्वदेश मै राेजगारी दिने बाताबरण बनाउन जरुरी छ ।

अब निर्वाचनमा अाअाफ्नाे चुनावी एजेन्डा बाेकेर जनताकोमा पुग्ने अब पैसाको अाधारमा भाेट किनेर चुनाव जितेर केही अर्थ छैन २/४ हजारमा अाफ्नाे बिबेक बेच्ने काम पनि अब बन्द गर्न जरुरी छ । बामपंथी गठबन्धन र प्रजातान्त्रिक गठबन्धनले देश जनताको हितमा काम गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung