३० बैशाख २०८२, मंगलवार

 

‘म यि काम गर्छु मत दिनुहोस, भ्रममा नपर्नुहोला है’-देबेन्द्र पौडेल

म देवेन्द्र पौडेल सुनिल ।

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि संयुक्त वाम गठबन्धनको तर्फबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभामा प्रत्यक्षतर्फको साझा उम्मेदवार । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य । हामी केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच संयुक्त वामपन्थी गठबन्धन बनाएर चुनावी मैदान उत्रेका छौँ । निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभामा प्रत्यक्षतर्फ वामपन्थी साझा उम्मेदवारको रुपमा मा माओवादी केन्द्रको तर्फबाट तपाईबीच आएको छु ।

मेरो निर्वाचन क्षेत्रका मतदाताले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा मतदान गरि समाज रुपान्तरण, जनताको पक्षमा नीति निर्माण गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न र पिछडिएको क्षेत्रका जनताको सेवा गर्ने अवसर प्रदान गर्नुहुन मेरो अनुरोध छ ।
सँगै वामपन्थी गठबन्धनले अघि सारेका उम्मेदवारलाई सम्बन्धित पार्टी र उम्मेदवारकै चिह्नमा मतदान गर्नुहुन आम मतदातालाई हार्दिक अपिल गर्दछु ।
म यि काम गर्छु । तपाईको एक मत म, मेरो पार्टी र वामपन्थी गठबन्धनलाई दिनुहोस् ।

१. राष्ट्रिय गौरबका परियोजना मध्यपहाडी लोकमार्ग, सालझण्डी सन्धिखर्क ढोरपाटन सडक र कालिगण्डकी करिडोरको स्तरोन्नती गर्दै भित्र वस्तीहरुमा पुग्ने शाखा सडक निर्माण र सुधार
२. लघुउद्यम र स्वरोजगार कार्यक्रम मार्फत वार्षिक २ हजारका दरले ५ वर्षमा १० हजार रोजगारी सिर्जना
३. कृषि उत्पादान बृद्धि गरि उचित बजारिकरणको व्यवस्था
४. ढोरपाटन, घुम्टे गाजा जस्ता महत्वपुर्ण पर्यटकीय केन्द्रलाई उच्च प्राथमिकता दिँदै अन्य सम्भावित पर्यटन क्षेत्रको विकास र प्रबद्र्धन
५. उच्च स्तरीय रोजगारमूलक, व्यवसायिक सिपमूलक दक्ष जनशक्ति उत्पादन गर्न निर्वाचन क्षेत्र भित्र एक प्राविधिक कलेज स्थापना
६. ६ वटै स्थानीय तहमा १, १ वटा सुविधा सहितको हल निर्माण
७. निर्वाचन क्षेत्र भित्र एक उच्च स्तरीय सेवा सहितको अस्पताल स्थापना
८. ६ वटै स्थानीय तहमा १, १ वटा खेल मैदान निर्माण
९. ढोरपाटन विमानस्थलको स्तरोन्नती र सञ्चालन
१०. राष्ट्रिय गौरवको ठुलो विद्युत परियोजना उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना निर्माणको गतिलाई अघि बढाउन
११. गलकोट र बुर्तिबाङलाई भौतिक पुर्वाधार सम्पन्न स्मार्ट सिटी बनाउने परियोजना पुरा गर्ने
१२. दुर्गमा तथा विकाट क्षेत्रको विकास र पुर्वाधार निर्माणमा विशेष प्राथमिकता दिँदै स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विशेष कार्यक्रम सञ्चालन
१३. उच्च स्तरीय प्रतिष्ठान बनाई शहीद, वेपत्ता र घाईतेको समस्या समाधान
१४. मझौला तथा साना विद्युत र सिञ्चाई आयोजना निर्माण र सञ्चालन
१५. दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर सञ्चारको पहुँच विस्तार
१६. सवै नागरिकमा शुद्ध खानेपानीको पहुँच विस्तार
१७. महिला, दलित, ज्यष्ठ नागरिक, विपन्न समुदाय र अपाङ्गाता भएका व्यक्तिहरुलाई लक्षित गरि विशेष कार्यक्रम सञ्चालन
१८. वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने
१९. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता परिवर्तनका मुद्धालाई व्यवहारमा अनुभूत हुने गरि कार्यान्वयन
२०. सरकारी तथा प्रशासनिक सेवालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाई भ्रष्टाचार न्युनिकारण गर्दै सुशासन प्रबद्र्धन
२१. दुर्गम गाउँ र वस्तीलाई उच्च प्राथमिकता दिँदै समग्र बागलुङको विकास र समृद्धिका लागि केन्द्रीय तहबाटै परिणाममुखी पहल कदमी
२२. संयुक्त वाम गठबन्धनले केन्द्र र बागलुङ जिल्लामा तयार गरेको घोषणा पत्रमा उल्लेखित प्रतिवद्धता कार्यान्वयन
२३. आम नागरिकका टोल, वस्ती स्तरमा भएका स्थानीय आवश्यकता र माग अनुसारका योजनालाई ठोस गरि तिनको कार्यान्वयन

गलत प्रचारको भ्रममा नपर्नुहोला

विगत ७० वर्षसदेखि हामी राजनीतिक स्वतन्त्रता र अधिकार प्राप्तीको आन्दोलनमा गुज्रियौँ । सवै समय यसैमा वित्यो । यहि आन्दोलनको जगमा हामीले मुलुकमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि हाँसिल गरेका हौँ । हाम्रो शासनसत्ता चलाउने मुल कानुन ‘संविधान’ जनताले नै निर्वाचित गरेका प्रतिनिधिको सहभागितामा बनेको छ । नयाँ संविधान अनुसार राज्यसत्ताको केन्द्र सिंहदरवारको अधिकारलाई हामीले संघीय संरचना अनुसार गाउँशहरमै ल्याएको छौँ ।

दुई दशकदेखि जनप्रतिनिधि विहीन बनेको स्थानीय तहमा चुनाव मार्फत जनताले नै आफ्ना प्रतिनिधि निर्वाचित गरेर काम सुरु भएको छ । अब विकास समृद्धि र सुशासनको यात्रामा देश अगाडी बढ्नुपर्छ । त्यसको निम्ती स्थायी सरकार चाहिनछ । ५ बर्षसम्म सुविधा सहितको एकल बहुमत प्राप्त सरकारले मात्र विकास र समृद्धिको नेतृत्व गर्नसक्छ । यस्तो सरकारले मात्र आफ्नो योजना लागू गरेर देशलाई समृद्धिको बाटोमा अघि बढाउन सक्नछ ।

त्यसैले हामीले वामपन्थी गठबन्धन बनाएर चुनावमा होमिएका छौँ । हामीले दुईतिहाई बहुमत प्राप्त गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको शासकीय व्यवस्था हुने गरि संविधान संसोधन गरेर मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन चाहान्छौँ । यसका लागि वामपन्थी उम्मेदवारको जित आवश्यक छ ।

हामी चुनावी अभियानमा जुटेका छौँ । वाम गठबन्धनले ल्याएको उत्साह र तल्लो तहसम्म पुग्दा जनताले गरेको विश्वास र भरोसाले बागलुङमा हामीले सजिलै जित्ने अवस्था बनेको छ । विगतमा हामी (वामपन्थी) ले पाएको मत हेर्दाखेरी पनि दुबै निर्वाचन क्षेत्रमा ५ देखि ६, ७ हजारले अघि छौँ । यो नै हाम्रो विजयको आधार हो । हाम्रो बलियो उपस्थितीले विपक्षि अताल्लिन थालेका छन् ।

अनावश्यक झुठो प्रचारबाजी गर्न थालेका छन् । आफ्नो हैसियत कमजोर देखेपछि खास गरेर मेरो बारेमा बाहिरको मान्छे, आयातीत उम्मेदवार जस्ता झुठ प्रचारबाजी गरेर आफ्नो कमजोरी ढाकछोप गर्न खोजिएको छ । यो भ्रममा नपर्नुहुन म अनुरोध गर्दछु । यस बारे कुही मेरा धारणा राख्न चाहन्छु ।

म यहि जिल्लाको नागरिक हुँ । कहिँ बाहिरको होईन । सुरुका राजनीतिक आन्दोलनमा मैले बागलुङकै नेतृत्व गरेँ । तत्कालिन नेकपा माओवादीको बागलुङ जिल्ला सेक्रेटरी भएर ५ वर्ष काम गरेँ । नेकपा मसालको सक्रिय कार्यकर्ता, युवा संगठनको अध्यक्ष र अखिल छैठौँको इकाइमा बसेर मैले काम गरे । जनताको मुक्ति र आन्दोलनमा लाग्दा राजकाज मुद्धा पनि व्यहोरेँ ।

शान्ति प्रक्रियापछि म राष्ट्रिय राजनीतिको केन्द्रमा रहेर काम गर्ने मौका पााएँ । त्यसबेला पनि मैले मध्यपहाडीलोकमार्ग, सालझण्डी सन्धीखर्क ढोरपाटन सडक, कालीगण्डकी करिडोर जस्ता राष्ट्रिय महत्वका आयोजनालाई बागलुङको समग्र विकास र दुरदराजलाई समेट्ने गरि अगाडी बढाउन भुमिका निर्वाह गरेँ । जिल्लाका दुर्गम ठाउँमा सञ्चारको पहुँच विस्तार गर्न टेलिकमको टावर राख्ने काममा पनि मैले पहल गरेँ ।

विगतमा बागलुङ तीन निर्वाचन क्षेत्रमा विभक्त थियो । पछि एक मात्र निर्वाचन क्षेत्र हुनसक्ने जस्तो पनि देखियो । तर अन्तमा दुई निर्वाचन क्षेत्र कामय गर्न सकियो । यसमा मेरो पनि भुमिका छ । म यहीँ जन्मे हुर्केर, पढाईदेखि राजनीतिक आन्दोलनमा पनि यहिँबाट लागेँ । जनताको अधिकार प्राप्तीको लामो संघर्षमा हामी सामेल भयौँ । अहिले पनि म यहि जिल्लाको मतदाता हुँ । यहि जिल्लाको नागरिक, यहाँकै मतदाता उम्मेदवार हुन नपाउने ? एउटा खोल्सा भन्दा वारी र पारीको कुरा उठाएर विषयान्तर गर्ने कुरा षड्यन्त्र बाहेक अरु केही हुन सक्दैन ।

म हप्ता १० दिनदेखि मेरा मतदाताको घरदैलोमा पुगिरहेको छु । उहाँहरुले हाम्रो क्षेत्र राज्यको पहुँच र सेवा सुविधाबाट टाढा रह्यौँ, अब हाम्रो पहुँच स्थापित हुनुपर्छ भन्नुभएको छ । खासमा मेरो निर्वाचन क्षेत्र र समग्र बागलुङको पहुँच राष्ट्रिय राजनीतिमा जोड्दै पछाडी परेको क्षेत्रको लागि नीति निर्माण र विकास तथा समृद्धिको बाटोमा लैजान मेरो मुख्य भुमिका रहने छ । म लामो समयदेखि राष्ट्रिय राजनीतिको केन्द्रमै रहेर काम गरेँ । त्यसैले पनि मलाई यो काम गर्न त्यति धेरै कसरत गर्नुपर्दैन ।

यहाँको दुरदराजलाई सिंहदरवारसँग जोड्ने, राज्यसँग पहुँच र प्रतिनिधित्व विस्तार गर्ने कुरा मेरो पहिलो प्राथमिता नै रहनेछ । म यहाँकै विकासको लागि प्रतिबद्ध छु । विगतमा यहाँका मतदाताले चित्रबहादुर केसी, निरज पुन, ज्ञानकुमारी छन्त्याल, परी थापा जस्ता नेतालाई भोट हाल्नुभएकै हो । यसपटक म आएको छु । मैले विगतका जनप्रतिनिधिले गरेका गर्न नसकेका सवै कुराबाट शिक्षा लिँदै यहाँको विकास र समृद्धिका लागि काम गर्नेछु । खास म चुनाव लड्दै गरेको धेरै हिसावले पछाडी परेको छ । यसलाई अगाडी बढाउने मेरो खास प्रतिबद्धता नै छ ।

वाम गठबन्धनका साथीहरुले निर्वाचन क्षेत्र नमबर–१ मा आउनुस भन्दा पनि मैले निर्वाचन क्षेत्र नम्बर–२ नै रोजेको हुँ । मलाई काठमाण्डौमै पनि चुनाव लड्ने प्रशस्त अवसर थिए । म आफ्नो गृह जिल्ला नै आएँ । त्यसमा पनि सदियौँदेखि पछाडी परेको निर्वाचन क्षेत्र नम्बर–२ नै रोजेँ । यहीँ नै विकास गर्छु भनेर नै मैले दुईलाई छानेको हुँ । मेरो आफ्नो योजना अनुसार यहाँको विकास र समृद्धिका लागि मैले काम गर्छु गर्छु गर्छु । यो मेरो कटिवद्धता हो । विरोधिले लगाउने अनावश्यक आरोप र झुठ प्रचारबाजीको पछि नलाग्न म मरा मतदातालाई विनम्र अपिल गर्दछु ।

म बागलुङमै जन्मे हुर्कें, पढेँ, बढेँ । युवा संगठनको अध्यक्ष, अखिलको इकाइ समितिमा बसरेर पनि काम गरेँ । कुनै बेला नेकपा मसालको सक्रिय कार्यकर्ता थिएँ । ५ वर्ष तत्कालिन नेकपा माओवादी पार्टीको जिल्ला सेक्रेटरी भएर काम गरेँ । राजकाज सम्बन्धि मुद्धा पनि बेहोरेको हुँ । मेरो यो जिल्लाको उपस्थितिलाई गत प्रचार गर्नु ठिक छैन । बरु अहिले त्यसो भन्ने साथीहरु को कति यो जिल्लामा बसे भन्ने प्रश्नको उत्तर खोजी गर्ने भने त्यसको नतिजा के आउँछ, त्यो पनि हामी सवैलाई थाहा छ ।

त्यसैले कुनै प्रकारको भ्रममा नपरी यहाँको दुर्गम, पिछडिएको क्षेत्र र यहाँ वसोवास गर्ने जनताको पक्षमा काम गर्न, निती निर्माण गर्न र विकास निर्माण मार्फत दुरदराजको समृद्धिलाई अघि बढाउनका लागि मलाई मत दिनुहोस ।

यी र यस्ता ठाउँको पहिचान र प्रतिनिधित्का लागि मलाई जिम्मेवारी प्रदान गर्नुहोस । तपाईको एक मत यो पटक मेरा लागि, मेरो पार्टीका लागि र वामपन्थी गठबन्धनका लागि दिनुहोस् । तपाईको लागि काम गर्ने जिम्मा मलाई मेरो पार्टीलाई र वाम गठबन्धनलाई दिनुहोस ।

सम्पूर्ण मेरो निर्वाचन क्षेत्रवासी र आम बागलुङवासी मतदातामा मेरो यही सादर अनुरोध छ । तपाईको विवेकपूण एक मत सोचेर दिनुहोस् । भोली पछुताउनुपर्ने अवस्था आउन दिनेछैन । यही अपिल गर्नचाहन्छु मेरा आम मतदातालाई ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung