४ श्रावण २०८३, सोमबार

 

चिल्ड्रेन लाइफ फुटवल कप २०७४ शुरु

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको आयोजनामा चिल्ड्रेन लाइफ फुटबल कप शुरु भएको छ । बागलुङको रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा आजदेखि सुरु भएको हो । अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगितामा बागलुङका बिभिन्न विद्यालयबाट १६ टिमले भाग लिएका छन ।

फुटबल खेलमा विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्नुका साथै बागलुङमा फुटबल खेलको विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रन्सिपल नवराज श्रेष्ठले बताए । प्रतियोगिता उद्घाटन सामारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रतिभा देखाउने अवसर यस विद्यालयले प्रदान गरेको बताएका थिए ।
उद्घाटन समारोहमा वडा नं. १का वडा अध्यक्ष दुर्गा बोहरा ले शुभकामना मन्तव्य दिएका थिए ।


उद्घाटन समारोह विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलको स्वागत तथा शिक्षक सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो ।उक्त समारोहमा विद्यार्थीहरुको सास्कृतिक प्रस्तुति पनि थिए ।

साथै आज सुरु भएको चिल्ड्रेन लाइफ(ब्लु) तथा सनराइज बोर्डिङ विच खेलमा चिल्ड्रेन लाइफ (ब्लु) ले १ का विरुद्ध ६ गोल हान्दै सनराइजलाइ पराजित गरको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung