४ श्रावण २०८३, सोमबार

 

झिम्पामा सिएच आइटिएफ टेक्वान्दोको वेल्ट टेस्ट

निसीखोला गाउँपालिका अन्तर्गत झिम्पामा शनिबार सातौ सिएच आइटिएफ तेक्वान्दो पेटी परिक्षा सम्पन्न भएको छ । छाङहिन अन्तराष्ट्रिय तेक्वान्दो महासंघ जिल्ला समिति बाग्लुङको प्रमुख आयोजना र झिम्पा सिएच आइटिएफ तेक्वान्दो डोजाङको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला भित्रका ३ सिएच आइटीएफ तेक्वान्दो र १ त्राडिसनल तेक्वान्दो डोजाङ गरि ७० जना खेलाडी सहित पेटी परिक्षा ,प्याट्रन प्रतिस्पर्धा र डेमो प्रतिस्पर्धा भएको थियो ।

खेलाडीको बेल्टलाई थप गरि योग्यता वृद्धि गर्नको लागि ग्रेडिङ कार्यक्रम राखिएको हो । झिम्पाका खेलाडीलाई तेक्वान्दोमा थप आकर्षित बनाउनका निम्ति विविध कार्यक्रम पनि जोडिएको त्यहाँका प्रशिक्षक गोबिन्द बुढा मगरले बताएका ।छाङहिन अन्तराष्ट्रिय तेक्वान्दो महासंघका जिल्ला अध्यक्ष सहविन अर्गेजाको अध्यक्षता र जिल्ला सचिव अनुप बुढा मगरको संचालन र झिम्पा सिएच आइटिएफ तेक्वान्दो डोजाङका प्रशिक्षक गोबिन्द बुढा मगरको स्वागत मन्तव्यद्वारा कार्यक्रम सुरु भएको थियो ।

गोल्डेन फ्युचर तेक्वान्दो डोजाङका प्रशिक्षक अभिषेक छन्त्याल र ग्लोवल सिएच आइटिएफ तेक्वान्दो डोजाङका प्रशिक्षक यम रसाइलीको सुभकामना मन्तव्य रहेको थियो । उक्त पेटी परिक्षाबाट ३७ जना सेतो पेटिबाट पहेलो पेटि, १५ जना पहेलोबाट पहेलो हरियो पेटि, ८ जना पहेलो हरियो देखि हरियो, १जना हरियो देखि हरियो निलो, २ जना निलो देखि रातो निलो, ४ जना रातो निलो देखि रातो र ५ जना रातो देखि कालो रातो पेटिमा प्रवेश गरेका छन ।

डेमोन्त्रेसन प्रतिस्पर्धामा ग्लोबल सिएच आइटिएफ प्रथम र द्वितीय अनि गोल्डेन फ्युचर तेक्वान्दो डोजाङ तृतीय हुन सफल भएको थियो भने ग्रुप प्यट्रन तर्फ झिम्पा सिएच आइटिएफ प्रथम र द्वितीय अनि गोल्डेन फ्युचल तृतीय हुन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung