२१ जेष्ठ २०८३, बिहीबार

 

‘यसकारण मलाई मत दिनुहोला’ : दीपेन्द्र थापा (काँग्रेस उम्मेदवार)

नेपाली काँग्रेस बागलुङका सभापती दीपेन्द्रबहादुर थापा मंसिर १० गते हुने प्रदेस–प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन् । उनी बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा–१ का प्रत्यक्ष उम्मेदवार हुन् । बागलुङमा नेपाली काँग्रेसले अघि सारेका उम्मेदवारलाई कमल थापा नेतृत्वको राप्रपाले समर्थन गरेको छ । लोकतन्त्रिक गठबन्धनका साझा उम्मेदवार थापाले चुनावमा मत माग्दै यस्तो अपिल जारी गरेका छन् ।:

आदरणीय आमावुवा, दिदी बहिनी, दाजुभाईहरु
जयनेपाल ।
नेपाली जनताको सात दशक लामो वलिदानीपूर्ण संघर्ष र विभिन्न राजनैतिक परिघटनाको उपलब्धी स्वरुप हामी नेपालीले संविधान पाएका छौ । यस विचका सवै राजनैतिक मोड र आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गरेको ईतिहास साक्षी छ । लामो त्याग, वलिदान र संघर्षबाट प्राप्त उपलब्धीलाई संरक्षण गर्न र संघिय गणतन्त्रको सफल कार्यान्वयनको जिम्मेवारीपनि अव नेपाली काँग्रेसको काधमा आएको छ ।स्थानियतहको निर्वाचन सम्पन्न भै हामी यतिवेला प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको संघारमा उभिएका छौ ।

लोकतन्त्रको सफल कार्यान्वयन हुने भयले नेपालका सवै कम्युनिष्टहरु कित्तावन्दीको प्रयासमा छन । उनीहरु कम्युनिष्ट शासनको कुचेष्टामा उद्धत देखिन्छन । यसरी लोकतन्त्रको पक्षधर र साम्यवादी पक्षधर विच चुनावी मोर्चावन्दी शुरु भएको छ । यस कठिन तथा निर्णायक मोडमा मैले सवै मतदाताहरुमा लोकतन्त्रका पक्षमा मतदान गरि लोकतन्त्रको रक्षा, नेपाली जनताको वलिदानी पूर्ण आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि हार्दिक अपिल गर्दछु ।

आमावुवा, दिदी बहिनी, दाजुभाईहरु,
२०४३ सालमा शिक्षकपेशा बाट राजिनामा गरि पंचायतका विरुद्ध शुरु भएको मेरो राजनितिक यात्रा अविचलीत र अविराम आज सम्म आएको छ । यो ३० वर्षको मेरो जीवनको. हरेक पल यहाँको जनताका लागि सुम्पेको छु । बागलुङबासी जनताका हरेक सुख दुखमा साथ दिदै आएको छु । बागलुङ समग्र विकासका लागि नितीगत तथा भौतिक विकास निर्माणमा आवश्यक पहलकदमी लिएको छु ।

सडक,मोटरेवलपुल, झोलुङ्गेपुल, खानेपानी, विद्युतीकरण, शिक्षाका क्षेत्रमा मेरो पहलमा दर्जनौ काम सम्पन्न भएका छन । राष्ट्रिय महत्वका ठुलो सडक बागलुङ–तित्याङ–भकुण्डे–रायडाँडा–बरेङ –शान्तिपुर सडक र यससंग जोडिएका मोटरेवलपुल मेरो पहलमा संचालन भएका हुन । बागलुङ बजार– तित्याङ जोड्ने झोलुङ्गे पुलमा मेरो पहलमा सम्पन्न भएको छ ।

पूर्णत जनताका लागि समर्पीत मेरो राजनितिकयात्राको यो क्षणमा मलाई बागलुङ जिल्लाको क्षेत्र न १ को १ प्रदेशबाट प्रदेशसभाको सदस्यको उमेद्धवारका रुपमा खडाहुने अवसर मिलेको छ । मैले यस अवसरलाई सुनौलो उपलब्धीका रुपमा ग्रहणगरि हजुरहरु समक्ष उभिएको छु । मेरो यो जिल्ला बनाउने सपना र योजनाहरु छन । त्यसलाई साकार बनाउन हजुरहरु समक्ष रुख चिन्हमा अमुल्य मतका लागि अपिल गर्दछु ।
जनताका नाममा मेरो संकल्प ।

१. भौतिक पूर्वाधार

क) सडक
 प्रदेश स्तरिय मध्यभाग समेट्ने चक्रपथ(बानपा चक्रपथ– पाला, भिमपोखरा, धम्जा तग्राम विहु लेखानी, रेश, सिगाना तित्याङ भकुण्डे रायडाँडा) ।                                                                                                                                                                                                     बागलुङ –तित्याङ –भकुण्डे –रायडाँडा– दमेक –बरेङ –शान्तिपुर सडक । दुई वडा सदरमुकाम जोड्ने प्रमख महत्वका सहायक सडकहरु तित्याङ(बुकिनी)–सिमस्वाँरा– बौडेचौैर सडक,गलुवा भकुण्डे रायडाँडा सडक,बोक्से खाल्टा सिगाना वौडेचौर सडक,अक्षेते– डुँडिया तग्राम सडक,दोविल्ला –रेश– गाजा सडक,तिरुपती चोक–लङगाउ–भीरलाङखुरी–ढिकिचौर पाला सडक,भलाटाकुरा–ढिकीचौर– तितौरे सडक लाई तत्काल डिपिआर तयार गरि स्तरोन्नती र कालोपत्रेका लागि पहलकदमी लिने छु ।
 कालीगण्डकी करिडोर निर्माणमा तिव्रताका लागि पहल (बागलुङ– बेनी खण्ड) नदिको बागलुङ किनारबाट निर्माणको सुनिश्चिताका लागि आवस्यक पहल गर्ने छु ।
 कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जीक्ट स्थलका रुपमा विकास गरि सुक्खा वन्दरगाहाका लागि आवस्यक पहल गर्ने छु ।
 काठेखोला गाउपालिका र वागलुङ नगरपालिका भित्रका हाल संचालनमा रहेका सवै सडकका स्तरोन्नती र डिपीआर तयार गरि कालोपत्रे तथा ढलानको पहल गर्ने छु ्।

ख) पदमार्ग
 पंचकोट–मालिका– संसारकोट– धम्जादेउराली–घोडावाधे–गाजा–चापाखर्क–हिले–फलाटे–सौरे–मुलाबारी– भैरवस्थान पर्यटकिय पदमार्ग निर्माण गर्ने छु ।

ग) पुल/केवल कार/विमानस्थल/सिटीहल/बसपार्क
 बागलुङ बजारबाट पंचकोट र भैरवस्थानका लागि केवुलकारको संभाव्यता अध्ययन गरि संचालनका लागि आवस्यक पहल गर्ने छु ।
 बागलुङ बजारलाई ब्यापारिक हवको रुपमा विकास गर्न बाङ्गेचौरबाट पाङ र उपल्लाचौरबाट नाङलीबाङ झोलुङ्गे पुलका लागि आवस्यक पहल गर्ने छु ।
 वलेवा विमान स्थललाई तत्काल संचालनका लागि सम्वन्धित निकायमा पहल गर्ने छु ।
 बागलुङ बजारमा प्रस्तावित सुविधा सम्पन्न सिटीहलका लागि आवस्यक पहल गर्ने छु ।
 लामो समयदेखी अलपत्र वागलुङ बसपार्क निर्माणका लागि आवस्यक पहल कदमी लिने छु ।

२. कृषि
 बागलुङ नगरपालिका र काठेखोला गाउपालिका सवै वडाहरुमा भुगोल, माटो र तापक्रमका आधारमा फलफुल, खाद्यान्न, तरकारी, नगदेवाली र पशुपालनको पकेट क्षेत्र तयार गरि कृषि पेशालाई प्राथमिकिकरण गर्ने वातावरण सिर्जना गर्नेछु ।
 वडागत रुपमा आवस्यक शित भण्डारणका ब्यवस्था गर्ने छु ।
 अनुदान, सहुलियत ऋण, विमाको ब्यवस्था गर्ने छु ।
 आवश्यक वजार प्रवर्धनका लागि पहल गर्ने छु ।
 उन्नत विउ विजन, जैविक मलखाद मार्फत अर्गानिक कृषि उत्पादनका लागि उचित वातावरण मिलाउने छु ।

३. शिक्षा
 ४ नं प्रदेशको दोश्रो समेत रहेको केन्द्र बागलुङ बजारमा एक कृषि विश्व विद्यालय स्थापना संचालनका लागि आवस्यक पहल गर्ने छु ।
 हरेक विद्यालयमा ब्यावसायिक, ब्यवहारिक, प्राविधिक तथा स्वरोजगार मुलक शिक्षामा आधारित पाठ्यक्रमका लागि पहल गर्ने छु ।
 छात्रवृत्ति र निशुल्क शिक्षाका लागि नितीगत प्रयास गर्ने छु ।
 हरेक विद्यालयमा ई लाईव्ररी, कम्युटर ल्याव, साईन्स ल्यावको ब्यवस्था गर्ने छु ।
 बिद्यालयको लागि आवस्यक पूर्वाधार निर्माण गर्ने छु ।

४. स्वास्थ्य
 धौलागिरि अंचल अस्पताललाई थप सुविधासम्पन्न र व्यवस्थित बनाउने । दरवन्दी अनुसारका चिकित्सकको व्यवस्था गर्ने । हरिवहादुर खडका स्मृती ट्रमा सेन्टरलाई तत्काल संचालनमा ल्याउन आवस्यक पहल गर्ने छु ।
 काठेखोला गाउपालिकामा एक २५ शैया क्षमताको सुविधा सम्पन्न अस्पतालका लागि पहल गर्ने छु ।
 हरेक वडामा संचालनमा रहेका स्वास्थ्य चौकीमा एक जना मेडिकल अधिकृत चिकित्सकको ब्यवस्थाका लागि पहल गर्ने छु ।
 स्वास्थ्य केन्द्रका लागि आवस्यक भौतिक पूर्वाधारका लागि आवस्यक पहल गर्ने छु ।
 हरेक ब्यक्तिलाई स्वास्थ्य विमामा आवद्ध गरि सहज र सरल स्वास्थ्य सेवाका लागि काम गर्ने छु ।

५. खानेपानी /सिचाई/ढल निकास/सरसफाई
 सवै बजार,गाउ वस्ती स्तरमा आवश्यकता अनुसार शुद्ध खानेपानीका लागि नयाँ योजना, मर्मत संभार गरि खानेपानी र सिचाईका लागि आवश्यक पहल कदमी लिने छु ।
 बजार क्षेत्रमा उचित ढल निकासको ब्यवस्थापन गर्ने छु ।
 बागलुङ बजारको डम्पीङ साईटको उचित विकल्प तयार गरि ब्यस्थापन गर्ने छु ।

६. विद्युत/उर्जा
 हाल वन्द रहेको काठेखोला जलविद्युत संचालनका साथैअन्य संभाव्यता अध्यन गरि विद्युत क्षेत्रमा आवस्यक निजी तथा सरकारी लगानीको वातावरण सिर्जना गरि विद्युत उत्पादनका लागि पहल गर्ने छु ।
 नविकरणीय उर्जा प्रयोगका लागि प्रोत्साहिन गरि अनुदान र सहुलियतका लागि आवस्यक पहल गर्ने छु ।

७. बन /जडिवुटी/खानी संचालन
 बन पैदावर जन्य उद्यम संचालन
 जडिबुटीहरुको प्रशोधन
 यस क्षेत्रमा रहेका तामा, फलाम खानीको उत्खनन, संचानलन

८. धार्मिक क्षेत्र/पर्यटन/रितिरिवाज/संस्कार/भेषभुषा
 बागलुङ कालिका मन्दिरलाई विश्व सम्पदासुचीमा सुचिकृतका लागि आवश्यक पहल थाल्ने छु ।
 बलेवा भैरवस्थान मन्दिरको बृहत्तर गुरु योजना वनाई काम थालनी गर्ने छु ।
 पंचकोटको बृहत्तर गुरुयोजना बनाई यस क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय गन्तब्यस्थलका रुपमा विकासका लागि काम गर्ने छु ।
 निरहे घाट, गौरीधाम, रङ्ग वेङ्कटश्वेर, मालिका, विहु राम मन्दिर, हलहले बौद्ध गुम्वा, तित्याङ मनकामना, शिव मन्दिरको संरक्षण र प्रचारका लागि पहलकदमी लिने छु ।
 भकुण्डे, तग्राम, धम्जा लगाएतका क्षेत्रमा होम स्टेको विकास गर्ने छु ।
 यस क्षेत्रमा रहेको मगर संस्कृति, नेवार संस्कृति, भेषभुषा, रितिरिवासको संवर्धनमा विषेश कार्यक्रमको थालनी गर्ने छु ।
 र्याफटिङ, प्याराग्लााईडिङ र रक क्लाईम्वीङका लागि यथोचित पहल गर्ने छु ।

९. निजी क्षेत्र/सहकारी/रोजगारी/सामाजिक सुरक्षा
 साना तथा ठुला उद्योग संचालनका लागि विद्यमान कानुनी झन्झटलाई सरलीकरण गर्दै लगानीमैत्री वातावरणको सिर्जना गरि ब्यापार व्यवसाय प्रवद्र्धन र रोजगारी सिर्जनाका क्षेत्रमा नितीगत काम गर्ने छु ।
 निजी तथा सहकारीलाई वन, कृषि, पशुपालन जन्य क्षेत्रमा उद्यम संचालनको वातावरण सिर्जना गरि रोजगार सिर्जना गर्ने छु ।

१०. संचार
 हरेक वडामा फाईवर मार्फत दुरसंचारका सवै सेवाहरु ग्रामिणबस्ती सम्म विस्तार गर्ने छु ।
 ब्यवसायिक र मर्यादित संचार संस्था सवलीकरण र सिर्जनशील संचारकर्मी विकासका क्षेत्रमा काम गर्ने छु ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung