७ जेष्ठ २०८१, सोमबार

 

यी हुन विश्वकै शक्तिशाली महिलाहरु

फोब्र्स म्यागेजिनले विश्वका शक्तिशाली १०० महिलाको सुची सार्वजनिक गरेको छ । जसमा सबैभन्दा शक्तिशाली महिलाको रुपमा जर्मन चान्सलर एन्जेला मर्केललाई फोब्र्सले ११औं पटक सुचीको पहिलो स्थानमा राखेको छ ।

जर्मन चान्सलर एंगेला मर्केल

उनी पछिल्लो १२ वर्षमा ११ पटक सुचीको शिर्ष स्थानमा पर्न सफल भएकी हुन । एन्जेला मर्केल चान्सलर पदमा चौथौ कार्यकाल सम्हालिरहेकी छिन ।

वेलायती प्रधानमन्त्री टेरेजा मे

त्यसैगरी शक्तिशाली १०० महिलाको सुचीमा बेलायती प्रधानमन्त्री टरिसा मे दोस्रो स्थानमा छिन । भने तेस्रो स्थानमा विल एल्ड मेलिन्डा गेट्स फाउन्डेसनकी सहअध्यक्ष मेलिन्डा गेट्स रहेकी छन ।

विल गेट्सकी श्रीमती मेलिण्डा गेट्स

सुचीको चौथो स्थानमा फेसबुककी चिफ अपरेटिङ अफिसर सेरिल स्यान्डबर्ग पर्न सफल भएकी छिन । पाँचौ स्थानमा अमेरिकाको जनरल मोटरकी प्रमुख कार्यकारी मेरी बारा रहेकी छिन ।

जनरल मोटर्सकी प्रमुख कार्यकारी मेरी बारा

त्यस्तै युट्युबकी प्रमुख कार्यकारी सुसन वोइस्की छैटौँ, अमेरिकी कम्पनी फिडेलिटी इन्भेस्टमेन्टकी अध्यक्ष अविगेल जोनसन सातौँ, अन्तराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टी आठौँ, सान्टान्डेर समुहकी कार्यकारी प्रमुख प्याट्रिसिया बोटिन नवाँै र आइबिएमकी अध्यक्ष जिनी रोमेटी दशौँ स्थानमा रहन सफल भएका छन ।

युट्युब प्रमुख कार्यकारी सुसन वोईस्की

त्यस्तै सुचीमा पर्न सफल अन्य प्रभावशाली महिलाहरुमा ह्वाइटहाउसकी वरिष्ठ सल्लाहकार इभान्का ट्रम्प १९ औँ रानी एलिजाबेथ द्धितीय २६ आँै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ३० आँै र आङ सान सुकी ३३आँै स्थानमा छन ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकि

गायिका बियोन्से ५० औँ नम्वरमा छिन भने चिनियाँ प्रथम महिला पेङ लियुङ ५१ आँै स्थानमा पर्न सफल भएकी छिन । गत वर्ष दोस्रो स्थानमा रहेकी हिलारी क्लिन्टन यो बर्ष ६५औँ स्थानमा पुगेकी छिन ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

फेसवुककी चिफ अपरेटिङ अफिसर सेरिल स्याण्डबर्ग

मार्क जुकरबर्गपत्नी तथा परोपकारी परिसिला चान ६९औँ हलिउड निर्माता क्याथलिन केनेडी ७७औँ एरियाना हफिङटन ७९औँ, लेखिका जेके रोलिङ ८८आँै र अभिनेत्री प्रियंका चोपडा ९७औँ स्थानमा पर्न सफल भएका छन ।

बलिउड नायिका प्रियंका चोपडा

#गज्जब साप्ताहिकबाट#

प्रतिक्रिया दिनुहोस्