२० जेष्ठ २०८३, बुधबार

 

वाम गठबन्धन र अधिनायकवाद

अहिले मुलुक दुई ध्रुबमा हिडिरहेको छ वामपन्थी र लोकतान्त्रिक गठबन्धनमा । मुलुकमा नयाँ संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकिए पछि नयाँ खालको राजनीतिक तरङ्ग देखियो । नेकपा एमाले र माओवादी केन्द्रले अहिले हुदै गरेको निर्वाचनलाई लक्षित गरि पार्टी एकता गर्ने सहमतिदेखि निर्वाचन नै संयुक्तरूपमा लड्ने सहमति गरि त्यही अनुसार अगाडि बढी रहेको छ । मंसिर १० गतेको पहिलो चरणको निर्वाचन ३२ जिल्लाको ३७ सिटको लागि सम्पन्न भैसकेको छ ।

नेपाली काँङ्ग्रेसले पनि आफुसँग सहमत हुने राजनीतिक दलसँग गठबन्धन गरेर लोकतान्त्रिक गठबन्धन को नारा लगाउदै हिडिरहेका छ । निर्वाचनमा राप्रपा मधेसीदेखि नयाँ शक्ति नेपाल पार्टी संग समेत गठबन्धन गर्न पछि नपर्ने नेपाली काँग्रेससका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले अहिले दिनहुँ जसो चुनावी सभामा वामपंथी गठबन्धनबाट मुलुक अधिनायकवाद मा जाने निश्चित भएको भनेर रोइ कराइ रहेका छन् ।

साच्चै यो अधिनायकवाद भनेको के हो ? कहाँबाट आउ छ नेपालमा अधिनायकवाद ? नेपाली जनताले जान्न चाहिरहेका छन् । आफुलाई प्रजातान्त्रिक पार्टी भनेर दाबी गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले वामपन्थी गठबन्धन र पार्टी एकतालाई अधिनायकवाद को बाटो भन्ने अधिकार कसले दियो । अहिले गणतन्त्रमा आफ्नो सिद्धान्त र बिचार मिल्ने राजनीति पार्टी बिच पार्टी एकता चुनावी हुनुलाई अन्यथा मान्न मिल्दैन । अहिले भएको निर्वाचन बाट लोकतान्त्रिक गठबन्धनले बहुमत ल्यायो भने वामपंथी गठबन्धन वालाले फेरि लोकतन्त्रको नाममा अधिनायकवाद भनेर भन्न मिल्छ त ? अवश्य पनि नैतिकता ले मिल्दैन ।

अहिले दिनहुँ जसो काँग्रेसका वरिष्ठ नेताहरू मुलुकमा अधिनायकवाद आउदैछ अब रून पनि सरकारको अनुमति चाहिने अब मुलुकमा निर्वाचन नै नहुने भनेर अफवाह फैलाउने काम गरिरहेका छन् । साच्चै भन्ने हो भने अहिले वामपन्थी गठबन्धन लाई हेरेर नेपाली काँग्रेस हतास मनस्थितिमा पुगेको आभाष हुन्छ । लोकतन्त्रमा निर्वाचन हुन्छ, यसमा पार्टीले उम्मेद्वार उठाउछ, जनताको घरमा गएर मत माग्छ, निर्वाचन आयोगले निर्वाचन गराउछ, निर्वाचन निष्पक्ष भएको नभएको अनुगमन निर्वाचन परिवेक्षण स्वदेशी विदेशी संस्थाले हेर्छन ।

सारा दुनियाँ को अगाडि भएको निर्वाचन लाई समेत विश्वास गर्न नसक्ने काँग्रेसको हालत साच्चै भन्ने हो भने दयनीय छ । अहिले के साच्चिकै कम्युनिस्टले मुलुकमा निर्वाचन जितेर गएमा के साच्चिकै नेपाली जनताले यहाँ रून पनि नपाउने हो त ? भन्ने खालको हास्यास्पद कुरा गरेर अहिले जनताको ध्यान विकेन्द्रीकृत गर्न खोजेको देखिन्छ । किन अहिले नेपाली काँग्रेसका नेताले भने झै रून पनि सरकार संग अनुमति लिनुपर्ने हो त ? भनेर प्रश्न समेत उठी रहेको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा दिए ।

यो कुराको जवाफ म प्रधानमन्त्री देउवाजीकै भाषामा भन्न चाहान्नँ, यसको लागि जति पनि जवाफ दिन सकिन्छ, कांग्रेसले थुप्रै कल–कारखाना, उद्योग–धन्दा कौडीको भाउमा बेचेर थुप्रै जनतालाई रुवायो, हामी त्यसो भन्न चाहन्नौं । कांग्रेसले रुनमात्रै पार्यो, रुवाएको रुवाएै गर्यो, हामी अब हसाउन चाहन्छौं ।”भनेर प्रधानमन्त्री देउवालाई चोटिलो प्रहार गरेका छन् । आफुले निर्वाचन जिते लोकतन्त्र रहने अर्को पार्टीले जित्यो भने लोकतन्त्र नै नरहने जस्तो भ्रमको खेती गरेर यतिबेला काँग्रेसका नेताहरूले के साबित गर्न खोजेका हुन् ? त्यो भने बुझ्न नेपाली जनताले सजिलोसँग सक्नेछन् ।

हिजो काँग्रेस एमाले गठबन्धन गरेर सरकार चलेको नै हो माओवादी एमाले काँग्रेसको संयुक्त सरकार पनि नचलेको हैन अहिले पनि काँग्रसको नेतृत्वमा माओवादी केन्द्र पनि सरकारमा सहभागी छ । हिजो शेरबहादुरलाई प्रधानमन्त्री माओवादी केन्द्र ले प्रस्ताव गरेर बनाउने काम पनि गरेको थियो । अहिले वामपन्थी गठबन्धन गरेको भनि रातारात माओवादीका मन्त्री लाई जिम्मेवारीबाट हटाउने बिना बिभागिए बनाएको कुरा दुनियाँले देखिरहेको विषय नै हो । अलिकति पनि राजनीति संस्कार र संस्कृति नभएको मान्छेहरू अहिले फेरि अरूलाई नैतिकताको पाठ सिकाउन लाई रहेको देखिन्छ । अधिनायकवाद त अहिले नै शेरबहादुर देउवाले देखाइ सकेका छन् ।

अनि भोलि वामपन्थी गठबन्धनले चुनाव जित्यो भने हाँस्न नपाउने बोल्न नपाउने रून नपाउने निर्वाचन नै नहुने भनेर नचाहिने हल्ला मच्चाउनुका पछाडि के कारण छन् ? त्यसको खोजबिन हुन जरुरी छ । यस्तो खालको कुरा गरे केही भोट चाहिँ बढी हाल्छ कि वामपंथी प्रतिको जुन जनमत छ त्यसलाई केही तलमाथि पार्न सकिन्छ कि भन्ने मनसाय भन्दा अरू केही पनि देखिदैन ।अहिले देशमा वामपन्थी गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्र बिच पार्टी एकता गर्ने भनेर पार्टी एकता संयोजन समिति पनि गठन भएको छ ।

यसलाई राम्रो मान्नुपर्छ अहिले एमाले माओवादी बिच भएको वाम गठबन्धन कै कारण र निर्वाचन आयोगले बनाएको ३ प्रतिशत थ्रेस होल्डकै कारणले अहिले साना राजनीति दलहरू मर्ज हुदै गएकै कारणले अहिलेको निर्वाचनमा थोरै मात्र राजनीति दल चुनावमा भाग लिएको कारणले पनि केही सहज वातावरण बनेको भने पक्का हो । अहिले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा पैसा धेरै खर्च गर्ने प्रवृत्तिमा भने कमि आएको देखिन्छ । अहिले नेपालमा वाम गठबन्धन कै कारणले अधिनायकवाद आउने कुरा गरेर स्याल हुइया भने नगर्दा धेरै राम्रो हुनेछ ।

अहिले हिजो १० वर्ष सम्म जनयुद्ध गरेर नयाँ जनवाद को कुरा गरेको पार्टी समेत शान्तिपूर्ण बाटोमा आएर बहुदलीय प्रणालीमा गैरहेको समयमा फेरि मुलुकमा अधिनायकवाद आउछ भनेर अब कसैले विश्वास मान्नेवाला छैन । बरू आफ्नो पार्टी लाई कसरी राम्रो बनाउने इमानदार बनाउने जनमुखी बनाएर नेपाली जनताको मन र विश्वास जित्ने तर्फ लाग्नु नै बुद्धिमानी हुनेछ । आफुले अहिले निर्वाचन आचार संहिता विपरित मनपरि ढंगले सरकारका मन्त्री हेरफेर गर्ने नयाँ मन्त्री बनाउने कर्मचारी सरूवा गर्दा भने अधिनायकवाद भएन अरूले भोलि गर्छ भनेर रोइकराइ कुन नाकले गर्ने भन्ने कुरा पनि बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung