४ श्रावण २०८३, सोमबार

 

गरिमा च्याम्पियनसिप क्रिकेट प्रतियोगिता सुरु

डिग्नीटी कलेज र गरिमा आवासिय माविको आयोजनामा अन्तर विद्यालय स्तरीय दोस्रो ‘गरिमा च्याम्पियनसिप ट्रफि क्रिकेट प्रतियोगिता २०७४’ शुरु भएको छ । बागलुङको बाङ्गेचौर खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १७ वटा विद्यालयले सहभागिता जनाएका छन ।
‘बौद्धिक तथा शारिरीक विकासका लागि खेलकुद’ भन्ने उदेश्य सहित प्रतियोगिता सुरु गरिएको गरिमा आवासिय माविका प्रिन्सिपल तथा डिग्नीटी कलेजका क्याम्पसका क्याम्पस प्रमुख श्यामप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगिताको बागलुङ नगरपालिका प्रमुख पौडेलले बलिङ र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठले ब्याट्रिङ गरेर सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

विद्यार्थीको क्रिकेट खेलमा बढ्दो चाहानालाई पुरा गर्नुका साथै बागलुङमा क्रिकेटको विकासका निम्ति प्रतियोगिता आयोजना गरिएको आयोजक विद्यालयले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख पौडेलले प्रतियोगिता विद्यालय तहका विद्यार्थीको प्रतिभा देखाउने अवसर भएको वताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख हिमालय श्रेष्ठ, एन प्याप्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा, प्याप्सन प्रदेश नम्बर–४ का उपाध्यक्ष विजयराज पन्त, अभिभावक संघ बागलुङका सचिव भरत पुरी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम क्याम्पस प्रमुख श्यामप्रसाद शर्माको अध्यक्षता, खेल संयोजक केदारनाथ पौडेलको स्वागत र शिक्षक गणेशप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

उद्घाटन खेलमा गरिमा आवासिय मावि र फ्युचर ब्राईटर आवासिय मावि भिडेका थिए । सो खेलमा गरिमालाई ४ रनको अन्तरले फ्युचरले जित हाँसिल गरेको छ । अर्को खेल कुँडुले मावि र धविमाविबीच भएको थियो । खेलमा ५५ रनले धविमावि विजयी भएको छ । रुद्रेपिपल मावि र अमर आर्दशबीचको खेलमा रुद्रेपिपल उपस्थित नभएपछि अमर आर्दश स्वत विजय भएको खेल संयोजक केदार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung