१ जेष्ठ २०८२, बिहीबार

 

भारतलाई पाठ पढाउन चाहन्थे माओ

माओको दिन नै रातिबाट सुरु हुन्थ्यो । उनी पूरै रात काम गर्थे भने बिहानतिर सुत्न जान्थे ।

चीनस्थित भारतीय दूताबासमा त्यसबेलाका जुनियर अफिसर नटवर सिंह भन्छन्– १९५६ मा लोकसभा अध्यक्ष आयंगरको नेतृत्वमा भारतको संसदीय प्रतिनिधिमण्डल चीन पुग्यो । उनीहरुले माओलाई अर्को दिन भेट्ने सोचेका थिए तर राती साढे १० बजे सूचना आयो– अध्यक्ष माओले उनीहरुसँग राति १२ बजे भेटघाट गर्नेछन् ।

माओले एक–एक गरेर सबै सांसदसँग हात मिलाए । सुरुमा माओ मूडमा थिएनन् । एक दुई शब्दमा आयंगरको प्रश्नको जवाफ दिइरहेका थिए । तर, केहीबेरपछि उनी खुले । आयंगरले भने कि स्वतन्त्रतापछि भारत मादलजस्तै बनेको थियो । एकातिर रुसले बजाउँथ्यो अर्कोतर्फ अमेरिकाले । यो कुरा भारतीय टोलीबाट सुनेपछि माओ खित्का छोडेर हाँसे ।

माओ चेन स्मोकार नै थिए रे । पूरै बैठकका क्रममा माओले एकपछि अर्को चुरोट सल्काए । भारतीय राजदूत आरके नेहरुले समेत चुरोट खान खोज्दा माओले नै त्यो सल्काए । माओको यस्तो व्यवहारबाट त्यहाँ उपस्थित भारतीय सांसद र राजनीतिज्ञहरु चकित नै परे ।

अर्को वर्ष जब भारतका उपराष्ट्रपति सर्वपल्ली राधाकृष्णन चीन गए, माओले आफ्नो निवास चुङ नान हाई को आँगनको वीचैवीच आएर उनलाई रिसिभ गरे । दुबैले हात मिलाए, राधाकृष्णनले माओको गाला सुम्सुम्याए ।

माओ यो व्यवहारबाट त्यति खुसी भएनन् । त्यसपछि राधाकृष्णनले यो आफ्नो बानी भएको भने–अध्यक्ष महोदय, दुखित नहुनोस्, मैले स्टालिन र पोपसँग पनि यही गरेको छु ।

भोज खाइरहेका बेलामा माओले खाँखाखाँदै बहुतै सामान्य ढंगबाट चपिस्टिकले आफ्नो प्लेटको खानाको एक गाँस उठाएर राधाकृष्णनको प्लेटमा राखिदिए । माओलाई राधाकृष्णन पक्का शाकाहारी हुन् भन्ने हेक्का थिएन। राधाकृष्णनले पनि माओलाई उनले गल्ती गरेको अनुभूति हुन दिएनन् ।

त्यसबेला राधाकृष्णनको औंलामा चोट लागेको थियो । चीनको यात्रा गर्नुपूर्व क्याम्बोडिया भ्रमणका क्रममा उनका एडीसीको गल्तीका कारण कारको ढोकाले उनको औंलो च्यापेको थियो, जसले गर्दा औंलाको हड्डी फुटेको थियो । माओले यो देखेपछि तुरुन्त आफ्नो डाक्टरलाई बोलाए र मल्हम पट्टी गराए ।

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर आफ्नो आत्मकथा इयर्स अफ रिन्युअलमा लेख्छन्( म चिनियाँ प्रधानमन्त्री चाउएनलाईसँग कुरा गरिरहेको थिएँ, अचानक उनी भनिरहेका थिए कि चेयरम्यान माओ तपाईको प्रतिक्षा गरिरहनुभएको छ । उनलाई यो कुराको सरोकार थिएन कि हामी उनलाई भेट्न तयार हौं या नहोऔं । हाम्रो साथमा कुनै अमेरिकी सुरक्षाकर्मीलाई जाने इजाजत थिएन । जब हाम्रो माओसँग भेट हुन्थ्यो तब प्रेसलाई बताइन्थ्यो कि यस्तो भयो ।

किसिन्जर अगाडि लेख्छन्– हामीलाई सीधै माओको अध्ययन कक्षमा लगिन्थ्यो । त्यसका तीनवटा भित्ताहरु किताबले भरिएका हुन्थे । अगाडि एउटा सेपको मेच हुन्थ्यो, जहाँ जस्मिन टी को प्लाला राखिएको हुन्थ्यो । छेउमा थूकदानी हुन्थ्यो । मेरा सुरुका दुईवटा भेटमा त त्यहाँ एउटा स्त्रीको पलङ पनि थियो । दुनियाँको सबैभन्दा धेरै जनसंख्यावाला देशका सबैभन्दा शक्तिशाली शासकको स्टडी रुममा कमसेकम मैले विलासिता एवं बादशाहको प्रतीकको एउटा झलक पनि देखिनँ ।

कोठाको वीचमा रहेको कुर्सीमा बसेका माओले उठेर मलाई स्वागत गर्थे । उनलाई मद्दत गर्नका लागि उनको छेउमा दुई महिला एटेन्डेट खडा हुन्थे । उनी मेरो सामुन्ने मुस्कराउँदै यस्तो गहिरो दृष्टि लगाउँथे कि खबरदार गरिरहेका छन् कि यो छलकपटको च्याम्पियनलाई मूर्ख बनाउने कोसिस गर्नु बेकार छ । जब १९७१ मा जब राष्ट्रपति निक्सनले माओसँग विश्वको कुनै घटनाका बारेमा बातचित गर्न चाहे, तब माओ बोले( बातचित रु यसबा लागि त तपाईले हाम्रो प्रधानमन्त्रीसमक्ष जानुपर्छ । मसँग त तपाई केवल दार्शनिक मुद्दाहरुमा कुरा गर्न सक्नुहुन्छ ।

माओका डाक्टरका रुपमा काम गरेका जी शी लीले माओको निजी जीवनका बारेमा बहुचर्चित किताव लेखेका छन्, द प्राइभेट लाइफ अफ चेयरम्यान माओ । माओलाई नुहाउन पनि झण्झट लाग्थ्यो । हो, उनी पौडी खेल्नमा शौखिन थिए । र, आफूलाई तरोताजा राख्न तौलियामार्फत स्पन्ज बाथ लिने गर्थे । ली लेख्छन्, निक्सनसँग भेटघाटका बेला माओ यति मोटाएका थिए कि उनका लागि नयाँ शुट सिलाइएको थियो, किनभने उनका पुराना शुटहरु फिट भएनन् ।

निक्सनसँग उनको भेटघाट केवल १५ मिनेट निर्धारित थियो । तर, यो भेटघाट ६५ मीनेटसम्म चल्यो । जब निक्सन कोठाबाट बाहिर निस्के, माओले शुट खोलेर आफ्नो पुरानो बाथ रोब पहिरिए । माओ त्यसो त जुत्ता लगाउँदैनथे, लगाए पनि कपडाका लगाउँथे । औपचारिक अवस्थामा जब उनले छालाका जुत्ता लगाउनुपथ्र्यो, पहिले उनले सुरक्षाकर्मीलाई ती जुत्ता लगाउन दिन्थे, ताकि खुकुलो बनोस् ।

माओका अर्का एक जीवनीकार जंग चेइङ्ग लेख्छन्, माओको गज्जबको स्मरण शक्ति थियो । पढ्न लेख्नमा उनी बडो शौखिन थिए । उनको शयन कक्षमा उनको पलङको आधा भाग एकफुट उचाइसम्म चिनियाँ साहित्यिक किताबहरु हुन्थे । उनको भाषण या लेखनमा अक्सर ती किताबबाट उद्धरणहरुको प्रयोग गरिएको हुन्थ्यो । उनी अक्सर पुराना कपडा लगाउँथे उनका मोजा प्वाल गरेका हुन्थे । सन् १९६२ को भारत चीन युद्धमा माओको धेरै ठूलो भूमिका थियो । उनी भारतलाई पाठ सिकाउन चाहन्थे ।

चीनमा भारतका कूटनीतिज्ञ रहेका लखन मेहरोत्रा बताउँछन्, भन्नका लागि त चीनले यो भन्यो कि भारतको साथ लडाइँ हुनुमा उसको पूर्वनीति जिम्मेवार थियो, तर माओले दुई वर्ष पहिले १९६० मै भारतको विरोधमा रणनीति बनाउन सुरु गरेका थिए । यहाँसम्म कि अमेरिकालाई समेत सोधे, यदि हामी कुनै देशविरुद्ध युद्धमा जानुपर्‍यो भने के अमेरिकाले ताइवानमा यसको हिसाब चुक्ता गर्छ ? अमेरिकाको जवाफ थियो कि तपाई चीन वा त्यसबाहिर जे पनि गर्छौ, त्यसमा हामीलाई कुनै मतलब छैन, हामी केवल ताइवानको सुरक्षाका लागि प्रतिवद्ध छौं ।’

लखन मेशरोत्रा अगाडि बताउँछन्, अघिल्लो साल माओले यही कुरा खु्रश्चेभलाई सोधे । त्यस जमानामा तिब्बतको सारा तेल रुसबाट आउँथ्यो । उनलाई डर थियो कि यदि भारतसँग लडाइँ भयो भने रुसले पेट्रोलको सप्ताइ बन्द नगरिदेओस् । उनले ख्रुस्चेभबाट यो वचन लिए कि उसले यसो गर्ने छैन र उनले बताइदिए कि भारतसँग उसको गहिरो मतभेद छ । ख्रुश्चेभले माओसँग सौदा गरे कि तपाई संसारमा हाम्रो विरोध गरिरहनुभएको छ, तर जब हामी क्युबामा मिसाइल पठाउँछौं, तपाई त्यसको विरोध नगर्नोस् । ख्रुश्चेभलाई यो पूरै अञ्दाज थियो कि चीनले भारतमाथि हमला गर्न सक्छ । यहाँसम्म कि मिग युद्धक विमानको सप्लाइका लागि हाम्रो ऊसँग सम्झौता भएको छ । तर जब लडाइँ शुरु भयो, रुसले त्यो विमान भारत पठाउनमा ढिलाइ गर्‍यो । तर, रुसले चीनको पेट्रोलको सप्लाइ रोकेन । पछि जब खु्रश्चेभलाई यो प्रश्न सोधियो, उनले जवाफ थियो, भारत हाम्रो मित्र हो तर चीन हाम्रो भाइ हो ।

सन् १९६५ मा भारत पाकिस्तान युद्धपछि चीनको राष्ट्रिय दिवसको अवसरमा त्यहाँको विदेश मन्त्रालयले एक राजकीय भोजको आयोजना गर्‍यो, जसमा माओ पनि उपस्थित थिए । यस अवसरमा दिएको भाषणमा पाकिस्तानमाथि भारतले आक्रमण गरेको बताइयो । भोजमा भारतको प्रतिनिधित्व गरिरहेका जगत मेहताको टेवलमा जानीबुझी यो भाषणको अंग्रेजी अनुवाद राखिएन, ताकि उनी यो भाषणलाई बुझ्न नसकुन् । उनले आफ्नो छेउमा बसेका स्वीस राजदूतको सामुन्नेमा प्रmेञ्च भाषामा राखिएको भाषण पढे । र भोजबाट तुरुन्त ‘वाक आउट’ गर्ने निर्णय लिए । चिनियाँहरुले यसलाई आफ्ना सर्वोच्च नेताको ठूलो अपमान गरिएको ठाने । बाहिर निस्किएपछि जगत मेहताको कारलाई अगाडि बढ्न दिइएन र उनीसहित उनकी पत्नी रमा आधा घण्टासम्म नेशनल पिपुल्स हलको सिँढीमा कडा चिसोमा ठिंगुरिनुपर्‍यो ।

सन् १९७० मा मे दिवसको अवसरमा बेइजिङस्थित सबै दूतावासका प्रमुखलाई तेनमेन स्क्वायरको प्राङगणमा बोलाइएको थियो । अध्यक्ष माओ पनि त्यहाँ उपस्थित थिए । राजदूतको लहरमा अन्तिममा उभिएका भारतीय राजदूत ब्रजेश मिश्रका नजिक पुगेर माओले भने- राष्ट्रपति गिरि र प्रधानमन्त्री इन्दिरा गान्धीलाई मेरो अभिवादन सुनाइदिनु होला ।

माओ थोरै रोकिए र फेरि भने- हामी आखिर कहिलेसम्म यसरी लडिरहन्छौं ?’ यसपछि माओले आफ्नो प्रशिद्ध मस्कान छाडे र ब्रजेश मिश्रसँग पूरै एकमिनेटसम्म हात मिलाइरहे । यो चीनको तर्फबाट पहिलो संकेत थियो कि ऊ पुराना कुरा भुल्नका लागि तयार छ । आफ्नो मृत्यको तीन महिनाअघिसम्म माओले विदेश नेताहरुलाई भेटिरहे । तर, उनी त्यसबेलासम्म धेरै खराब अवस्थामा पुगिसकेका थिए । जब थाइल्याण्डका प्रधानमन्त्री उनको कोठामा घुसे, तब उनले घुरिरहेको आवाज सुने ।

सिंगापुरका प्रधानमन्त्री ली क्वान यु जब माओलाई भेट्न पुगे, तब उनले देखे कि माओको शीर कुर्सीमाथि झुलिरहेको थियो । र, उनको मुखबाट थूक निस्किइरहेको थियो । जव माओले पाकिस्तानकी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोसँग आफ्नो भेटघाटको तस्वीर देखे, त्यसपछि उनले तय गरे कि अब उनले कुनै विदेशी पाहुनासँग भेट्ने छैनन् । यसको तीन महिनापछि माओको निधन भयो ।

[चिनियाँ नेता माओत्से तुङका बारेमा गत वर्ष विविसीले एउटा विशेष सामग्री प्रकाशित गर्यो । खासगरी माओले भारतका बारेमा लिएको रणनीतिका बारेमा उक्त आलेख केन्द्रीत थियो । त्यही आलेख अहिले पनि सान्दर्भिक देखिएकोले यहाँ साभार गरिएको छ । ]

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung