४ श्रावण २०८३, सोमबार

 

हिमशिखर युवा क्लवले १९ औँ वार्षिकोत्सव मनाउँदै

बरेङ गाउँपालिका –१ धुल्लुबास्कोट मजुवामा रहेको हिमशिखर युवा क्लवको १९ औ वार्षिकोत्सव मसिर २६ गतेदेखि पौप २ गतेसम्म मनाउने भएको छ । ‘बागलुङ जिल्लाको शान हिमशिखर युवा क्लवको अभियान’ भन्ने नाराका साथ विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्लवले जनाएको छ ।

क्लवले पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, भुपु भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, घौटोफोर प्रतियोगिता लगाएका कार्यक्रहरुको आयोजना गरेको छ ।

कार्यक्रमा राष्ट्रिय कलाकार रमा राना, जुनु थापा, दुर्गा विराही र स्थानीय कलाकारहरु को साथ मनाउन लागेकोे क्लवले जनाएको छ । कार्यक्रममा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाले मुल समारोहका पोैेष १ गते सम्बोधन गर्ने भएका छन । कार्यक्रममा भलिबल तर्फ विजेताले नगद रु ४१ हजार र उप–विजेताले नगद २७ हजार पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक दिवाना पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung